मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी प्रदेशमा प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

गण्डकी प्रदेशमा प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७५, मंगलबार

पोखरा, १२ चैत -गण्डकी प्रदेश सभाले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ( संचालन तथा व्यवस्थापन )सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
गण्डकी प्रदेशसभा बैठकमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै प्रस्तुत प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।यसअघि विधेयक माथिको छलफलमा प्रदेश सभा सदस्य दीपक कोइरालाले प्रविधिले फ्ड्को मारिरहेको वर्तमान सन्दर्भमा समयानुकुल तालीम एवम् प्रशिक्षण आवश्यक रहेकोमा जोड दिएका थिए । उनले समयको दुरुपयोग अहिलेको समस्या भएकोले समय पालनाबारे पहिलो प्रशिक्षण हुनुपर्ने धारणा राखेका थिए । अर्का सदस्य ओमकला गौतमले प्रविधि र समयको मागलाई आत्मसात गर्नुको विकल्प नभएकोले विधेयकले सो विषयलाई ध्यान दिनुपर्ने बताइन् ।
सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधेयक कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।समयको माग अनुरुप व्यावसायिकता र दक्षता अभिबृद्धि गर्न यो विधेयक कोषेढुंगा भएको उनको भनाई थियो । प्रदेशसभाको अर्को बैठक चैत १९ गते दिनको १.०० बजे बस्ने सभामुख अधिकारीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->