मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बागलुङका धेरै गाउँमा लघुबिद्युतको भर

बागलुङका धेरै गाउँमा लघुबिद्युतको भर

आधा भूगोलमा अझै केन्द्रीय बिजुली छैन !


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७५, मंगलबार

बागलुङ,१२ चैत – बिसं २०३३ सालमा काठेखोलामा २ सय किलोवाट क्षमताको बिजुली बलेको थियो । त्यतिबेला राष्ट्रिय प्रसारणको बिजुली आएको थिएन । सदुपयोग नभएपछि त्यो आयोजना जीर्ण भयो, सदरमुकाममा केन्द्रीय बिजुली बलेको छ ।

सदरमुकाममा बलेपनि बागलुङको आधा भूगोलमा अझै बिजुली छैन । स्थानीयले आफ्नै लगानी, श्रमदान र केही अनुदान पाएर बनाएको लघु बिद्युतको भरमा उज्यालो बनाएर बसेका छन् । २०५४ सालमा बागलुङको तंग्राम खोलामा बनेको लघु जलविद्युत आयोजनापछि नियमित बन्ने क्रम शुरुभयो । १० वटा स्थानीयतह भएको बागलुङको ढोरपाटन नगरपालिका, ताराखोला, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा गरी ५ वटा तहमा राष्ट्रिय प्रसारण लाईनको बिजुली अझै पुगेको छैन ।

१७ किलोवाट क्षमताको तंग्रामखोला लघुविद्युत उत्पादनपछि जिल्लामा यसको लहर चलेको हो । भौगोलिक कठिनाईले राष्ट्रिय प्रसारण लाईन पु¥याउन धेरै कठिन छ । पोल र तारको ढुवानी समस्या तथा राष्ट्रिय संयन्त्रको क्षमताले जिल्लाको कुल भूगोल मध्ये एक तिहाईमा मात्र केन्द्रीय बिजुली बलेको छ । बाँकी सबै बस्तीमा गाउँकै परिश्रमले उज्यालो बनेको हो । अहिले जिल्लामा २ मेगावाट क्षमताको लघु बिद्युत छ । उक्त बिद्युतकै कारण गाउँले जनजीवन सहज भएको छ । पानी घट्टमा मकै र कोदो पिसेर जीवन निर्वाह गरेकी तमानखोला ६ की ज्ञानकुमारी छन्त्यालले घर छेउमा कुटानी पिसानी मिल पाउदा दंग छिन् । भन्छिन्, ‘यत्तिको सुविधा पाईएला भन्ने सोचेका पनि थिएनौं ।’ कुटानी पिसानीकै समस्याले दैनिक घण्टौ समय खर्चनुपर्ने बाध्यता हटेको छ । लघु जलविद्युतलेनै सााजिक, आर्थिक र सास्कृतिक परिवर्तन ल्याएको छ ।

सातबर्ष अघि नेपालमै पहिलो पटक लघुजलविद्युत बाट बागलुङको खरवाङमा सामुदायिक रेडियो संचालनमा भएको हो । अहिले यहाँका ४ वटा रेडियो लघुबिद्युतकै भरमा छन् । ती रेडियोले पश्चिम बागलुङको दुइ तिहाई भूगोललाई सूचना दिन्छन् । छिमेकी गुल्मी, अर्घाखाँची र रुकुमका धेरै क्षेत्रमा पनि सूचना पु¥याएका छन् । खरवाङमा चिउरीबाट हर्वल साबुन उत्पादन गर्ने उद्योग संचालनमा छ । खरर्वाङ र बुर्तिवाङमा ग्रामीण सूचना केन्द्रहरु छन् । दर्जनौं ग्रील उद्योग, फर्निचर उद्योग, कपास उद्योग र कोल्ड स्टोर पनि ग्रामीण भेगमा संचालनमा छन् । बुर्तिवाङ बजारमा दर्जनौं सुविधा सम्पन्न होटल संचालनमा छन् । ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले स्ट्रार लेवलको होटल संचालनको तयारी गरिरहेका छन् । यी सबै काम लघु विद्युतकै भरमा चलेको छ ।

विद्युत सेवाकै सदुपयोग गर्दै च्याउ उत्पादन, कुखुरापालन व्यवसाय, तथा कुटानी पिसानीका मिलहरु अहिले टोलटोलमा पुगेका छन् । जिल्ला समन्वय समितिको तथ्यांकमा जिल्लामा एक सय २० वटा लघुजलविद्युत आयोजना बनेर उत्पादन दिएका छन् । ३० वटा पेल्ट्रिक सेट समेत छन् । जिल्लाका २२ हजार घरपरिवारले अहिले पनि लघु विद्युतबाटै विजुली बाल्न पाएका हुन् ।
ताराखोलामा नेपाली हाते कागज उद्योग संचालनमा छ । ती कागज बागलुङ उद्योग बाणिज्य संघ मार्फत राजधानी सम्म पुग्छन् । ताराखोलामै दर्जन ढुंगाखानीका उद्योग संचालनमा छन् । बुर्तिवाङ बजारमा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे र अपरेशन सहितको सेवा संचालनमा छ । ती सबै उपकरण लघु विद्युतकै भरमा छन् । ‘दुइ बर्ष अघिको बाढी पहिरोले हाम्रा तीनवटा बिद्युतगृहमा क्षति भयो, त्यसैले सोचेजती बिजुली बाल्न पाइएको छैन’ नेपालीले भने, ‘मर्मत गरेर चलेको बिजुलीलाई अत्यावस्यक काममा लगाएका छौं ।’ हरेक गाउ“पालिका र नगरपालिकाको केन्द्रमा दैनिक सरकारी काममा कम्युटर, इन्टरनेट र अन्य प्राविधिक काम गर्नुपर्छ । त्यसकालागि बिद्युत अभाव हुने गरेको छ । लोड नधानेपछि बेलाबेला अन्य क्षेत्रमा बिजुली कटाएर सरकारी सेवामा दिनुपर्ने बाध्यता छ । दर्लिङका सन्तबहादुर रासकोटी भन्छन् ‘कुटानी पिसानी गर्न घण्टौं लगाएर घट्टमा जानुपर्ने समस्या हटेपछि स्थानीयलाई समयको बचत भएको छ, मील सन्चालकलाई मनग्ये कमाइ ।’ ढोरपाटन सिकार आरक्ष, त्यहा“को बस्ती, सेनाको व्यारेक पनि लघु विद्युतकै भरमा छन् । सुरक्षा निकायका महत्वपूर्ण संचार साधन चार्ज गर्न र उज्यालोमा गार्पाखोला लघु विद्युत सहयोगी भएको छ ।

सदरमुकाम देखि गलकोट सम्म मात्र राष्ट्रिय प्रसारण लाईनको बिजुली छ । यो बिजुलीलाई बुर्तिवाङ हु“दै ढोरपाटन पु¥याउन सब स्टेशन निर्माण गर्नुपर्नेछ । बुर्तिवाङ स्थित रिनाममा १३२ केभी प्रसारण लाईन र सब स्टेशन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको नेपालीले बताए । ‘नेपाल बिद्युत प्राधिकरणस“ग कुरा भएकोले छिटै काम हुने आसा गरिएको छ’ उनले भने, ‘लगानी सुरक्षित गर्न नगरपालिकाले पनि सहयोग गर्छ ।’ प्राधिकरणको बागलुङ बितरण केन्द्रकै अगुवाईमा सबस्टेशनको काम अगाडि बढेको केन्द्र प्रमुख कपिल पाण्डेले बताए । बढीमा दुइ बर्षभित्र सबस्टेशन बनेपछि स्थानीयले राष्ट्रिय बिजुली बाल्न पाउनेछन् ।

मध्यपहाडी लोकमार्गको छेउका देशभरका १० शहरलाई स्मार्ट बनाउनेमा बुर्तिवाङ पनि सूचिकृत छ । त्यसका लागि पनि बिद्युत, उद्योग र आर्कषक होटल आवस्यक छ । नया“ सहरी आयोजनाले पनि यहा“ उद्योग, पर्यटन, कृषि र स्मार्ट सिटीको अवधारणामा काम गरिहरको छ । त्यसका लागि बिद्युत अभावले धेरै अप्ठ्यारो परेको प्राविधिक बताउ“छन् । नगर प्रमुख नेपालीले निर्माण गरेको सात तले होटलमा बिद्युत अभावमा लिफ्ट चलाउन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->