मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सुख्खा पहिरोले बस्ती जोखिममा

सुख्खा पहिरोले बस्ती जोखिममा


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

म्याग्दी , १२ चैत – हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– १ छैरोमा गएराती २ बजे सुख्या पहिरो गएको छ । तिब्बतियन क्याम्पनजिकै राती २ बजेबाट गएको ठुलो पहिरोले तीन ओटा सार्वजनिक सौचालय,एउटा स्वास्थ्य चोकी, स्नान घर र एउटा गाई गोठ बगाएको छ भने ८ घर उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङबाट पत्रकार सुशिल थकालीले दिएको जानकारी अनुसार ६३ घरधुरी रहेको तिब्बतीयन क्याम्पमा ५० घरधुरीमा मात्रै मानिसहरू बसोबास गर्ने भए पनि बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, तारा खेल्नको लागि बनाइएको घर, विद्यालय, कभर्ड हल, सार्वजनिक शौचालय, गाईगोठ र गुम्बा रहेका छन् ।राति २ बजेबाट आउन सुरु गरेको सुख्खा पहिरोले बिहानसम्म करिब ३० लाखसम्मको भौतिक क्षति गराएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका हवलदार टेकबहादुर श्रेष्ठले बताए । छैरो गाउँ, टिबिटेन क्याम्प र चिमाङ गाउँ आउजाउ गर्ने करिब ३० मिटर मुख्य बाटो पूरै पहिरोले बगाएको श्रेष्ठले बताए ।५० मिटर उचाइसहितको करिब ३ सय मिटर लामो बाटो पूरै पहिरोले बगाउन सुरु गरेको छ । ‘हिजो मात्र डोजर ल्याएर खनेका थियौँ तर राती अचानक पहिरो आयो,’ उनले भने ‘रातारात सुरक्षित स्थानतर्फ जाने काम भयो । अहिले पहिरोको उच्च जोखिममा रहेको करिब ८ घरधुरीमा बसोबास गर्ने स्थानीय छिमेकीकहाँ शरण लिन बाध्य भएका छन् ।’
स्थानीइ फुन्चोकका अनुसार रातभर नसुती छिमेकीहरूको सामान ओसारपसार गर्न गाउँले लागेका थिए ।विश्वव्यापीरुपमा टाउको दुखाइ बनेको जलवायु परिवर्तनको असर हिमाली क्षेत्रहरुमा बढी देखिन थालेको छ । जलवायु परिवर्तनले हिमस्खलन हुने क्रम बढ्नुका साथै माटोमा अम्लिएपनाको बृद्धि र स्वभाविक गुण पनि परिवर्तन हुँदै गएकोले र यसले ठूलो खतरा निम्तन सक्ने वातावरणविद्हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->