म्याग्दी, १२ चैत -म्याग्दीमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी र इलाका प्रहरी कार्यालय दरबाङ खटि गएको संयुक्त प्रहरी टोलीले सो पार्टीका जिल्ला जनसरकार संयोजक जगेन्द्र बहादुर पुन (जगत) सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही पार्टीको युवा संगठनका जिल्ला सदस्य मालिका गाउँपालिका–६ दरबाङका रमेश पुन र शिक्षक संगठनका जिल्ला अध्यक्ष रुम डाँडागाउँका थम बहादुर पुन रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिगतमा जिल्लामा एनसेलका टावरमा भएको तोडफोटका घटनामा संलग्न भएको सुचनाको आधारमा उहाँहरुलाई पक्राउ गरिएका प्रहरी नायब उपरिक्षक मरासिनीले बताए ।





