मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आलु महोत्सवको तयारी तीब्र

आलु महोत्सवको तयारी तीब्र


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

पोखरा, ११ चैत -हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा यही चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र पारिएको छ ।

महोत्सवको समायावधि नजिक आइरहदाँ सोमवारसम्म याम्दी, मिलनचोक, सापकोटा चोक, बुद्घचोक(तिब्वतीयन क्याम्प) र साझाचोकमा गरी पाँच ठाउँमा गेट निर्माण गरिएको छ ।त्यस्तै महोत्सवलाई कृषि विकास निर्देशानलय गण्डकी प्रदेशले सह–आयोजना गर्ने सहमति पनि भएको छ ।

महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी सुपरजोन कास्कीको विशेष सहयोग,गोर्खा बु्रअरी नेपालको मुख्य प्रायोजन रहेको मुल समारोह समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->