मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्याङ्जाका लायनहरु ध्रुव श्रेष्ठको पक्षमा

स्याङ्जाका लायनहरु ध्रुव श्रेष्ठको पक्षमा


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७५, बुधबार

स्याङजा,१३ चैत-लायन वर्ष २०१९÷२० का लागि सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठलाई जिताउन स्याङ्जाका लायनहरु एकजुट भएर लाग्ने भएका छन् । लायन्समा अवको नेतृत्व अग्रणी र सक्षम व्यक्तिले नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यले आफूहरु श्रेष्ठको पक्षमा लाग्ने उनीहरुले बताएका हुन् ।
लायन्समा ४२ वर्षको लामो अनुभव सम्हालेका ध्रुव श्रेष्ठले नेतृत्व लिनको लागि अहिलेसम्म गरेको धैर्यतालाई सम्मान गर्दै अव कुनै पनि हालतमा पछाडी हट्न नहुने उनीहरुको तर्क छ । सोमवार स्याङजामा आयोजित लायनहरु भेटघाट कार्यक्रममा बोल्दै स्याङजाका लायनहरुले श्रेष्ठको पक्षमा खुलेर लाग्ने बताए ।
उनीहरुले सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार श्रेष्ठ लायन्सको एक कुशल व्यवस्थापक भएको बताउँदै नाम र व्यक्ति विशेष भन्दा पनि व्यक्तिको कार्यक्षमता र दक्षताको उच्च मुल्यांकन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स क्लव अफ स्याङजाका अध्यक्ष रामचन्द्र पोख्रेल, लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष विष्णु सुवेदी, गल्याङका सिटीका पूर्व अध्यक्ष महेश भट्टराई लगायतले बोलेका थिए ।
डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुन् । श्रेष्ठले क्लवको स्थापनासँगै क्लवमा रहेर सामाजिक काम गर्दै आएका छन् ।
उनले प्रचारमा भन्दा कर्ममा विश्वास गर्ने लायनवादको सिद्धान्तलाई आत्मसात गर्दै सिनियर लायनहरुको सल्लाहा अनुसार नै आफूले उम्मेदवारी दिएको जानकारी गराए । उनले भने—“भरोसालाई कायम राख्न र लायनवादलाई अझ सुन्दर बनाउन भ्रम छरेर होइन काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”
३२ वर्ष पुरानो लायन्स क्लव अफ पोखरा अन्नपूर्ण लायनवादको इतिहासमा उत्कृष्ट काम गर्दै उदाहरणीय क्लव बन्न सफल भएको क्लव पनि हो ।
स्मरण रहोस लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->