मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीमा पर्यटन महोत्सव

म्याग्दीमा पर्यटन महोत्सव


  • ध्रुबसागर शर्मा
  • चैत्र १३ २०७५, बुधबार

म्याग्दी, १३ चैत- म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वार्षिक उत्सवको अवसरमा रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखि २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ संचालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ गर्ने उदेश्य सहित महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका मुल संयोजक एवम् रेडियो म्याग्दीका संस्थापक अध्यक्ष चिरञ्जीवि शर्माले जानकारी दिए । उनका अनुसार १० दिन सम्म संचालन हुने महोत्सवमा खुल्ला लोक दोहोरी प्रतियोगिता ,खुल्ला एकल नृत्य प्रतियोगिता र विभिन्न समुदायको झाँक्री प्रदर्शन लगायतका व्यापारिक प्रदर्शनी हुने भएका छन् ।
कार्यक्रमले जिल्लामा रहेका कला ,संस्कृति ,धार्मिक तथा पर्यटकिय स्थलहरुको पहिचान तथा प्रवद्र्धन साथै साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको मुल समितिका संयोजक एवम् रेडियोका संस्थापक अध्यक्ष शर्माले विश्वास व्यक्त गरे ।साथै उनले म्याग्दी भ्रमण बर्ष २०७५ लाई पनि सहयोग पुग्ने बताए ।
महोत्सवमा एक सय वटा व्यापारिक स्टल रहने रेडियोका स्टेशन म्यानेजर एवम् मुल व्यवस्थापन समितिका संयोजक भरत रकाल शाहीले जानकारी दिए ।
उनका अनुसार खुल्ला लोकदोहोरी प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने समुहले क्रमश् ५० हजार ,२५ हजार र १० हजार रुपैयाँ र खुल्ला एकल नृत्यमा प्रथम ,द्धितिय र तृतिय हुनेले २५ हजार ,१० हजार र ५ हजार रुपैयाँ हात पार्नेछन् । साथै उत्कृष्ट झाँक्री प्रदर्श्निलाई ५ हजार ,३ हजार र २ हजार रुपैयाँले पुरस्कृत गरिने जनाइएको छ ।
महोत्सवको तयारलिाई तिब्रता दिईएको रेडियोका स्टेशन म्यानेजर एवम् व्यवस्थापन समितिका संयोजक रकाल शाहीले बताए । १० दिन सम्म संचालन हुने महोत्सव संचालनका लागि ५८ लाख ८० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । यसैगरि महोत्सव अवधिभर १० लाख दर्शकहरुले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बढीको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->