पर्वत,१३ चैत -पर्वतको मोदी गाउँपालिका–८, चित्रेका सन्तोष बिक मृत अवस्थामा भेटिएका छन् । ३० वर्षीय बिक बुधबार सोही ठाउँको सर्दी खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान अगाडि बढाइएको पनि प्रहरीको भनाई छ ।





