मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीका गौचन राप्रपाको केन्द्रिय उपाध्यक्ष

म्याग्दीका गौचन राप्रपाको केन्द्रिय उपाध्यक्ष


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७५, बिहिबार

म्याग्दी, १४ चैत -म्याग्दीका भीमप्रसाद गौचन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय उपाध्यक्षमा मनोनित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चैत १२ गते सम्पन्न केन्द्रिय समितिले गौचनलाई केन्द्रिय उपाध्यक्षमा मनोनित गरेको हो ।
पार्टीका अध्यक्ष कमल थापाले बिधान बमोजिम पदाधिकारी थप गर्दै गौचनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा म्याग्दीले जनाएको छ ।
केन्द्रिय उपाध्यक्षमा मनोनित भएपछि गौचनले पार्टी र केन्द्रिय समितिप्रति आभार व्यक्त गरेका छन् । १९ को उमेरमा नै गाउँ पञ्चायतको प्रधानपञ्च भएर राजनीतिक जीवनको शुरुवात गर्नुभएका गौचन पहिलो संविधान सभाको निर्वाचनमा संविधान सभा सदस्य र प्रदेश सभाको निर्वाचनमा पराजित हुनुभएको हो ।
त्यसअघि उहाँ २०२३ सालमा पहिलो जिल्ला सभापति,निर्माण तथा यातायात राज्यमन्त्री,बन सहायक राज्यमन्त्री,यातायात राज्यमन्त्री र सामान्य प्रशासन राज्यमन्त्री समेत हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->