मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

भोट माग्न ध्रुबको टोली बागलुङमा

भोट माग्न ध्रुबको टोली बागलुङमा


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७५, बिहिबार

पोखरा, १४ चैत-लायन्सको चुनाब नजिकिँदै गर्दा ध्रुब श्रेष्ठको समूह भोट माग्न बागलुङ पुगेको छ । मातृ क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णको टोली आफ्ना उम्मेदबार लिएर बुधबार बागलुङ पुगेको हो । बागलुङमा रहँदा टोलीले सो क्षेत्रका म्याग्दी र पर्वतका लायन्सहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष यदु अधिकारीले जानकारी दिए ।

ध्रुबको टोली बागलुङमा हुँदा विश्वेश्वर आचार्यको टोलीचाहिँ तनहुँमा छ । दुबै टोलीले आफना उम्मेदबारले प्रचारसँगै भोज भतेरको पनि आयोजना गरिरहेका छन् । ‘लायन्स क्लव अफ इन्टरनेसनल ३२५ बि १’ को आउँदो वैशाख दोस्रो साता आयोजना हुने छैटौँ जिल्ला सम्मेलनसँगै हुने ‘सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर’ पदको लागि निर्वाचन हुँदैछ । चुनावमा ध्रुव श्रेष्ठ र विश्वेश्वर आचार्यले उम्मेदबारी दिएका छन् । ध्रुब लायन्स क्लबका पुराना सदस्य हुन् भने पछिल्ला वर्षहरुमा विश्वेश्वर बढी क्रियाशिल छन् । करिब १ हजारजनाले उनीहरुलाई भोट हाल्दैछन् ।

लायन्स क्लवमा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदलाई गर्भनर हुने पहिलो खुट्किलोको रुपमा लिइन्छ ।सेकेण्ड भाइस गभर्नर भएपछि त्यो व्यक्ति स्वतः माथि उक्लने बाटो खुल्छ । यद्यपी, उनीहरुले पनि एस भोट भने लिनुपर्छ । अहिले लायन्स क्लव अफ इण्टरनेसनल ३२५ बि १ मा तनहुँका अशोकुमार श्रेष्ठ गभर्नर रहेका छन् । प्रथम भाइस डिष्ट्रिक्ट गर्भनरमा ईन्दु लम्साल छन् भने दोस्रोमा बागलुङका मनबहादुर रोका रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->