बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माइक्रोसफ्टको प्रश्नः नेपालमा किन लगानी गर्ने ?

माइक्रोसफ्टको प्रश्नः नेपालमा किन लगानी गर्ने ?


  • Dhorpatan News
  • चैत्र १५ २०७५, शुक्रबार

बिल गेट्स संस्थापक रहेको विश्वविख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका प्रतिनिधिले नेपालको आइटी क्षेत्रमा लगानी गर्नुभन्दा अगाडि त्यसको आधारहरुमा स्पष्ट हुनुपर्ने जनाएका छन्। ८२.७१ बिलियन अमेरिकी डलर सम्पत्ति भएको माइक्रोसफ्ट नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी छ। सो सम्मेलनमा आएका माइक्रोसफ्टका प्रतिनिधिले शुक्रबार छलफलमा सहभागी हुँदै लगानीका लागि आधारबारे चासो देखाएको हो। सञ्चारमन्त्री गोकुल बाँस्कोटा सहभागी प्यानल छलफलमा बोल्दै माइक्रोसफ्ट एशिया क्षेत्र प्रबन्ध निर्देशक सोनिया बासिर कबिरले भनिन्, ‘आइटी क्षेत्रको प्रमुख आधार इन्टरनेट हो। नेपालमा इन्टरनेट पहुँच कति मान्छेमा पुगेकाे छ? इन्टरनेटको गति कस्तो छ ?’ नेपालमा के आधारमा लगानी गर्ने भन्ने उनको मुख्य चासो थियो।
दुई दिने सम्मेलनका लागि काठमाडौैंमा रहेकी उनले नेपालमा विद्यमान इन्टरनेट आधारित व्यवसायबारे चासो व्यक्त गरेकी थिइन्। ‘नेपालमा इन्टरनेट उपभोक्ता कति छन्? इपेमेन्ट सिस्टम कस्तो छ?’, उनले भनिन्, ‘आइटीमा लगानी गर्नुभन्दा अगाडि त्यसका आधारहरुको खोज गरिनुपर्छ। लगानी गर्नुअघि त्यसको आधारमा स्पष्ट हुन जरुरी छ।’ बासिरको चासो इकमर्स र इपेमेन्ट सिस्टमबारे थियो। ‘इन्टरनेटसँग सम्बन्धित यी विषयहरुलाई आधार मानेर आइटीमा लगानी हुनेगर्छ’, उनले भनिन्, ‘नेपालमा डाटा सेन्टर नै छैन। यसको प्रयोग भएको पनि देखिँदैन। यसले गर्दा आइटी लगानीकर्ता अलमलमा छन्।’
उनले उठाएका प्रश्नको जवाफ दिनेपालो सञ्चारमन्त्री गोकुल बाँस्कोटको थियो। भाषगत समस्याका कारण उनले जवाफ फर्काउन सकेनन्। पहिलै तयार पारेर ल्याएको लिखित भाषण अंग्रेजीमा पढेर सुनाए। ‘आइटी क्षेत्रका लागि नेपालले विदेशी लगानी खोजिरहेको छ। त्यसका लागि सहज वातावरण निर्माण गर्न सरकार तयार छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो क्षेत्रमा लगानी गर्न म लगानीकर्तालाई आह्वान गर्दछु।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->