म्याग्दी, १५ चैत – म्याग्दीमा आगामी २०७६ साल बैशाख २ देखि ४ गतेसम्म गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले शुक्रवार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आगामी जेठको २,३ र ४ गते प्रतियोगिता हुने जानकारी दिएको हो ।
जिल्ला उसु संघ म्याग्दी र नेपाल उसु संघ काठमाण्डौं मुख्य आयोजक रहेको सो प्रतियोतिामा सदरमुकाम बेनी बजारको कबर्डहलमा हुने उक्त प्रतियोगिता विभिन्न ११ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने आयोजकले बताएका छन् ।
प्रतियोगिताको आयोजकमा जिल्ला खेलकुद विकास समिति म्याग्दी,जिल्ला उसु संघ बागलुङ र जिल्ला उसु संघ कास्की रहेका छन् भने सहयोगी स.स्थाहरुमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश,बेनी नगरपालिका,मंगला,मालिका,धौलागिरि,रघुगंगा र अन्नपूर्ण गाउँपालिका रहेका जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।
उसु प्रतियोगिता अन्तरगत दुई विधा थाउलु र सान्सौ विधाका प्रतियोगिता छनोट गरिएको छ । दुबै विधामा महिला र परुष खेलाडी सहभागि हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ लाख ५९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा महिला र पुरुषका लागि २० स्वर्ण, २० रजत र ३४ कास्य गरी कुल ७४ पदक रहने छन् भने प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र ५ हजार नगद सहित पुरस्कार पाउने आयोजकले जनाएको छ ।





