मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कास्की जिल्ला जनसरकार प्रमुख गुरुङ पक्राउ

कास्की जिल्ला जनसरकार प्रमुख गुरुङ पक्राउ


  • Dhorpatan News
  • चैत्र १६ २०७५, शनिबार

पोखरा, १६ चैत – कास्की प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङलाई पक्राउ गरेको छ । लुकेर बसेको अवस्थामा शुक्रबार उनलाई याम्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘गुरुङ लुकेर बसेको सूचना आएपछि आश्रयस्थलबाट पक्राउ गरिएको हो,’ कास्की प्रहरीका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङले भने। गत मंगलबार चन्द समूहको तमुवान् जनपरिषद् संयोजक किसानसिंह गुरुङलाई पोखरा २७ रिठेपानीबाट पक्राउ गरिएको थियो। सरकारले प्रतिबन्ध लगाएसँगै नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले जिल्ला जिल्लामा पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->