बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कास्की प्रहरी भन्छ – अनुसन्धान जारी छ

कास्की प्रहरी भन्छ – अनुसन्धान जारी छ

होटल सञ्चालक श्रेष्ठ र बैंक प्रबन्धक सुवेदीको बलात्कार र यौन दुव्र्यवहार प्रकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७५, आइतबार

पोखरा, १७ चैत – छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी १६ वर्षकी किशोरीलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जनाबिरुद्ध कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा पर्यटन व्यवसायीसमेत रहेका पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई र यौन दुव्र्यवहारको आरोपमा एनआईसी एसिया बैंक प्रस्र्याङ शाखाका प्रबन्धक सुवास सुवेदीलाई प्रहरीले चैत ८ गते पक्राउ गरेको थियो ।
पक्राउ दुबै जनालाई प्रहरीले जिल्ला अदालत कास्कीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । लेकसाइडको चर्चीत होटल कान्तिपुरका संचालक श्रेष्ठमाथि २०७५ को दशै अघिदेखि अश्लिल हर्कत देखाउँदै पटकपटक बलात्कार गरेको आरोप लागेको छ । श्रेष्ठले आफ्नो होटलसंगैको घरमा बस्ने किशोरी राती सुत्न कोठामा जाने क्रममा जिस्काउने र झ्यालबाट पसेर बलात्कार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन ।
किशोरी ८ कक्षामा पढ्छिन । प्रहरीका अनुसार चैत ७ मा किशोरी परीक्षा दिनका लागि विद्यालय गइन । तर बेलुकी घर फर्किनन् । उनी हराएको जानकारी वडा प्रहरी कार्यालय बैदाममा दिइयो । प्रहरीले खोज्यो, तर उक्त दिन फेला पार्न सकेन । भोलिपल्ट साथीको घरमा छन् भन्ने थाहा पाएपछि प्रहरीले लेकसाइडको एक घरबाट किशोरीलाई उद्धार ग¥यो । सोधपुछ भयो । किशोरीले आफू बसेको घरमा जान नसक्ने तर मर्न मन लागेको बताइन । मर्नैपर्ने अवस्थामा किन पुगेको भन्दै थप सोधपुछ गर्ने क्रममा किशोरीले आफु बलात्कार भएको र यौन दुव्र्यवहारसमेत हुदै आएको घटना विवरण सुनाइन । चैत ८ मा श्रेष्ठ र सुवेदीबिरुद्ध किशोरीका संरक्षकले जाहेरी दिएपछि प्रहरीले सोही दिन उनीहरु दुबैलाई पक्राउ ग¥यो ।
किशोरीलाई होटल कान्तिपुरसंगै रहेको एक परिवारले ६ वर्षको उमेरमा ल्याएर पढाउँदै र घरायसी काममा लगाउँदै आएको थियो । उक्त परिवारका आफन्त पर्ने बैंकका प्रबन्धक सुवेदी बेलाबेलामा घरमा आएर आफुमाथि यौन दुव्र्यवहार गर्दै आएको किशोरीले प्रारम्भिक बयानमा बताएकी छिन । श्रेष्ठ क्षेत्रीय होटल संघ र पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्षसमेत भइसकेका व्यक्ति हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले दुवै आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए । २५ दिनसम्म प्रहरीले हिरासतमा राख्न पाउछ । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने । किशोरीको संरक्षकको हिसावले उनी बस्दै आएको परिवारको सदस्यबाट दिइएको जबरजस्ती करणी र यौन दुव्र्यवहारको जाहेरी प्रहरीले दर्ता गरिसकेको छ । किशोरीको मेडिकल परीक्षण (स्वास्थ्य परीक्षण) भइसकेको छ । जबरजस्ती करणी ठहर भएमा आरोपित व्यक्ति १० देखि १२ वर्ष जेल जाने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->