बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यसरी डाउनलोड गर्नुहोस फेसबुकबाट तपाईलाई चाहिने सम्पूर्ण सामाग्री

यसरी डाउनलोड गर्नुहोस फेसबुकबाट तपाईलाई चाहिने सम्पूर्ण सामाग्री


  • Dhorpatan News
  • चैत्र १८ २०७५, सोमबार

पोखरा, १८ चैत – तपाईंले फेसबुकमा हालेका तस्विर, पोस्ट र पठाएको सम्पूर्ण सन्देशहरूलाई एकैपटकमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफूले अपलोड गरेको सम्पूर्ण फाइलहरु एकैपटकमा चाहिएको छ वा यदि तपाईं सधैको लागि फेसबुक बन्द गर्न चाहनुहुन्छ भने फेसबुकबाट तपाईंले आफ्नो सबै जानकारी डाउनलोड गर्नु उचित हुन्छ ।
फेसबुकबाट तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् :
१. फेसबुकको पेजमा माथि पट्टिकोको दाहिने भागमा रहेको Settings मा क्लिक गर्नुहोस्
२. सेटिंग पेजको देब्रे पट्टि रहेको भागको तेस्रो मेनुमा रहेको Your Facebook information भन्ने अप्सनमा क्लिक गर्नुहोस्
३. नयाँ खुलेको मेनुहरुको सूचीमा दोस्रोमा रहेको “Download your information” मा क्लिक गर्नुहोस्
४. त्यहाँ देखाइएको सूचीबाट आफूलाई आवश्यक पर्ने जानकारीलाई मात्र चयन गर्नुहोस्
५. माथि पट्टिको अप्सनको सूचीमा Date Range ले आफूलाई मन लागेको मितिको मात्र डेटा डाउनलोड गर्न सक्नुहुनेछ । Format को अप्सनमा HTML चयन गर्नु उचित हुन्छ । मेडिया गुणस्तर ( Media Quality) मा आवश्यकता अनुसार Low ( कम गुणस्तर ), Medium ( मध्यम गुणस्तर ) र High  ( उच्च गुणस्तर ) मा आफ्नो तस्विरहरू डाउनलोड गर्न सक्नुहुनेछ । जति नै बढी गुणस्तर, त्यति नै बढी डाउनलोड गर्ने फाइलको साइज हुनेछ ।
६. आफूलाई मन लागेको अप्सनहरु चयन गरिसकेपछि निलो रंगमा भएको Create File मा क्लिक गर्नुहोस् ।
Create File मा क्लिक गरिसकेपछि तपाईंको डाउनलोडको लागि फाइल बन्न सुरुहुनेछ । फाइल तयार हुनलाई तपाईंले चयन गरेको विकल्प अनुसार केहि समय लाग्नसक्छ । फाइल तैयार भएपछि तपाईंलाई सूचना अर्थात् नोटिफिकेसन आउनेछ र तपाईंले उक्त फाइल डाउनलोड गर्न सक्नुहुनेछ ।
केहि अन्य कुरा :
१. तपाईंले डिलिट गरेको मेसेज डाउनलोड हुँदैन । फेसबुकबाट डिलिट गरेको मेसेज कुनै हालतमा पनि फिर्ता ल्याउन मिल्दैन ।
२. डेटा डाउनलोड हुनको तयार भएको समयमा फेसबुक बन्द गर्दा पनि फरक पर्दैन । डेटा डाउनलोड हुन तयार भएपछि तपाईंलाई नोटिफिकेसन आउनेछ र उक्त नोटिफिकेसनबाट डाउनलोड गर्न सक्नुहुनेछ ।
३. डाउनलोड गरिएको उक्त फाइलमा तपाईंको सम्पूर्ण गोप्य कुराहरू हुन्छन, त्यसैले उक्त फाइललाई सुरक्षित राख्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->