बागलुङ,१९ चैत- लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले बागलुङ कम्पनीका १२ जना विमा अभिकर्तालाई मंगलबार सम्मान गरेको छ । विमा कम्पनीले अभिकर्ताको लागि आयोजना गरेको उत्प्रेरणत्मक तालिम तथा गोष्ठीको अवसरमा उत्कृष्ट काम गर्ने १२ अभिकर्तालाई सम्मान गरेको हो ।
सो अवसरमा उत्कृष्ट अभिकर्ता राममाया घिमिरे, रन्जिता शर्मा, रामकाजी भण्डारी, जुना पन्त केसी, गोविन्द अधिकारी, निर्मला खडका, सरस्वती शर्मा आचार्य, गीता थापा, सुदर्शन कँडेल, सरिना श्रेष्ठ, मेलिना पुन थापा र भूपेन्द्र थापालाई सम्मान गरिएको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तीदारले कार्यक्रमको सहजिकरण गरेका थिए ।
उनले बैशाख १ गतेदेखि धनवृष्टी योजना सुरुवात गर्न लागेको जानकारी दिँदै योजनाबद्ध तरिकाले कार्य सम्पादन गर्न आग्रह गरे । उनले सम्पूर्ण अभिकर्ताहरुलाई विमाको विषयमा सत्य बताएर मात्रा पोलिसी विक्री गर्न आग्रह गरे। कार्यक्रम शाखा प्रमुख शम्भु सिलवालको अध्यक्षता, एजेन्सी म्यानेजर तथा बरिष्ठ अभिवकर्ता राममाया घिमिरेको स्वागत र बजार प्रमुख अर्जुन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।




