पोखरा / पोखरामा एक वृद्धको हत्या गरि फरार रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ । यहि असोज १९ गते करिब पौने ७ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारा (ठाउँको नाम) मा ७२ वर्षिय पूर्णभद्र त्रिपाठीको हत्या भएको थियो ।
सोही स्थानका ३३ वर्षका जगत दाहालले त्रिपाठीलाई कोदालो र बोत्तल प्रहार गरेका थिए । गम्भिर घाइते त्रिपाठीलाई अस्पताल ल्याएपनि उनको मृत्यु भइसकेको थियो ।
घटना बारे अनुसन्धान गर्दै जाँदा प्रहरीले दाहाललाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । दाहाल पोखार २४ पामेको पुलबाट भाग्दै गर्दा प्रहरी पक्राउ गरि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।





