बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बागलुङमा यात्री सहायता कक्ष शुरु

बागलुङमा यात्री सहायता कक्ष शुरु


  • Dhorpatan News
  • असोज २१ २०८३, बुधबार

बागलुङ-जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित गरेर यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बानपा २ को समीक्षालयमा स्थापना भएको कक्षको उद्घाटन गरे ।
प्रहरीले चाडपर्वको बेला आउने यात्रीलाइ सास्ती र हैरानी नहोस्, नयाँ यात्री आएमा सहजै गन्तव्य भेटाउन सकोस र उनीहरुलाई परेका अन्य समस्या समाधानमा सहयोग गर्न यो कक्ष संचालनमा ल्याइएको बताइएको छ । कक्षको उद्घाटन गर्दै प्रजिअ आचार्यले हरेक नागरिकलाई साथ दिनकालागि यो कक्ष संचालन हुने बताए । उनले महंगो भाडादरले कोही ठगिन नहुने देखि सवारी नपाएर अलपत्र परेको भए उचित सल्लाह दिएर गन्तव्यमा पठाउने काम समेत यो कक्षबाट हुने उनले बताए । यस्ता कक्ष मालढुंगा, बागलुङ बजार, गलकोट स्थित हटिया बजार र बुर्तिवाङमा स्थापना गरिने प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए ।
बाढी पहिरोले सडकहरु अबरुद्द भएकोले यो बेला आम नागरिकले यातायातमा कठिनाइ भोगेका छन् । यो मौका छोपेर यातायात व्यवसायीले मनोमानी भाडा समेत असुल गरेको गुनासो बढी रहेको छ । तसर्थ कक्षले त्यस्ता गुनासाको पनि सम्बोधन गर्ने बताइएको छ । प्रजिअ आचार्यले मंगलवारै सबै यातायात व्यवसायीसँग पनि छलफल गरेका छन् । उनले कच्ची सडकको भाडा पक्की भैसक्दा पनि उही रहेकोले परिमार्जन गर्न परामर्श थालेको बताए । उनले त्यसकालागि सबै व्यवसायीलाइ जानकारी गराएको समेत बताए ।
त्यस बाहेक चाडपर्वको अबसरमा बजारमा महंगी बढ्ने भएकोले बजार अनुगमनलाई तीब्रता दिने, ग्राहकको गुनासोलाई ख्याल गर्ने जस्ता जानकारी गराएका छन् । ती सहायता कक्षमा दैनिक र नियमित २ जना प्रहरी र ट्राफिक समेत रहने भएकोले तीब्र गतिको नियन्त्रण, कागजात बिना जथाभावी सवारी चलाउनेको निगरानी गरिने लगायतको सहयोग समेत हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->