पोखरा, २१ चैत – नेपाल बार एसोसियनको गण्डकी प्रदेश उपाध्यक्षमा सुरेन्द्र थापा विजयी बनेका छन् । पोखरामा रहेर लामो समयदेखि वकालत गर्दै आएका थापा वामपन्थी प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । उनले प्रतिष्पर्धी निरन्जनलाल राजभण्डारीलाई पराजीत गरेका हुन् । थापाले ४ हजार २ सय ९४ मत ल्याए भने निरञ्जनले ३ हजार ६ सय ४ मत पाए ।
राजभण्डारी बाग्लुृङका कानून व्यवसायी हुन् । संयोग कस्तो भने प्रतिष्पर्धी दुबैजना खल्तीमा नेपाल पत्रकार महासंघको सदस्यता बोकेर हिँड्छन् ।





