पोखरा ,२२ चैत -रुपन्देहीमा सम्पन्न ब्राह्मण समाज नेपालको दास्रो महाधिवेशनबाट प्रा.डा.नाायणप्रसाद अधिकारीको अध्यक्षतामा २२ जना केन्द्रीय पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ । सहअध्यक्षमा रुपन्देहीका रोमणीप्रसाद पाठक, वरिष्ठ उपाध्यक्षमा झापाका बासुदेव भटृराई, महिला वरिष्ठ उपाध्यक्षमा श्रीमती माया पाठक र उपाध्यक्षमा गण्डकी प्रदेशबाट पोखराका महेश पराजुली लगायत अन्य ६ प्रदेशबाट ६ जना निर्वाचित भएका छन । महासचिवमा पर्वतका ओम शर्मा चापागाई र कोषाध्यक्षमा कास्कीका पृथ्वी पौडेल निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय पदाधिकारी अन्तर्गत सचिवमा कास्कीका भेषराज लम्साल लगायत ७ जना निर्वाचित भएकाछन् । नव निर्वाचित केन्द्रीय सदस्यहरुमा सवै प्रदेशबाट जिल्लागत संख्याका आधारमा ८७ जना केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरुमा गण्डकी प्रदेशबाट कास्किका माधब बराल ,बलराज पौडेल ,बिष्णुदेवी कोइराला ,मीरा आचार्य ,ब्रिंदा सुबेदी ,ध्रुब पराजुली ,पर्वतबाट हरीप्रसाद तिवारी ,तनहूबाट डा.लक्ष्मीकान्त चापागाई ,उपेन्द्र लम्साल ,बाग्लुङबाट मधुसुदन रेग्मी ,नवलपुर बाट काशीराम सापकोटा र प्रेम बस्याल ,स्याङजाबाट श्यामप्रसाद रेग्मी र ज्ञानप्रसाद पाण्डे निर्वाचित भएका छन।
समाजको दोस्रो अधिवेशनले ९ बूंदे घोषणा पत्र समेत जारी गरेको छ । जस अन्तर्गत विद्यामान सरकारी नीति अनुरुप कायम जातीय आरक्षणको नीति तत्काल खारेज गरिनुपर्ने, नेपाल शब्दको प्रारम्भसँगै बसोबास गर्दै आएका ब्राह्मण समुदायलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने जस्ता माग राखिएको छ । त्यसैगरी ९० प्रतिशतभन्दा बढी ओमकार समुदाय रहेको नेपाललाई हिन्दुसापेक्ष राष्ट् कायम हुनुपर्ने समेत माग गरिएको छ । वैदिक सनातनी शिक्षाको जगेर्नाका लागि माध्यमिक तहसम्मको शिक्षामा संस्कृति तथा नैतिक शिक्षाको पठन पाठनको व्यवस्था अनिवार्यरुपमा कार्यान्वयनका लागि ध्यानाकर्षग गराइएको छ । त्यस्तै निहित स्वार्थ स्वरुप विभिन्न तत्वबाट हाल प्रचार प्रसार गरिएको सनातनी धर्म संस्कार माथिको प्रहारको समेत घोर र्भत्सना गरिएको छ ।





