पोखरा, २३ चैत – नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्रथम अधिबेशन शनिवार पोखरामा समपन्न भएको छ । अधिवेशनले कास्कीका रेडक्रसकर्मी सूर्य प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ । प्रदेश समितिका महासचिवमा बलराम आचार्य (कास्की), कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे (लमजुङ), उपमहासचिवमा सुनिल कुमार अर्याल (स्याङ्जा) र उपकोसाध्यक्षमा हिरा बहादुर थापा (तनहुँ) चयन भएका छन ।
त्यसैगरी महिला सदस्यमा पुस्पा शेरचन (मुस्ताङ) र फुलमाया गुरुङ (गोरखा), सदस्यहरुमा हिमाल प्रसाद शर्मा (बागलुङ), धनेस्वर रेग्मी (पर्बत), यज्ञ प्रसाद पौडेल (स्याङ्जा) र केशब सापकोटा (नवलपुर) निर्विरोध निर्वाचित भएको रेडक्रसले जनाएको छ । अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष सन्जिव थापाले शुक्रवार गरेका थिए ।





