बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोटको अध्यक्षमा ललित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोटको अध्यक्षमा ललित


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

गलकोट ,२४ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोटको अध्यक्षमा हरिचौरका ललित श्रीस चयन भएका छन। शनिबारदेखि सुरु भएको नगर भेलाले श्रीसको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि गठन गरेको छ । समितिको सचिवमा रिघाका डम्बर श्रीस चयन भएका छन ।
कार्यक्रममा अध्यक्ष श्रीसले पार्टीको समग्र सदस्यको सुझाव बमोजिम पार्टि सञ्चालन गर्ने, गलकोट नगरपालिकामा पार्टी कार्यालय स्थापना गर्ने र आगामि निर्वाचन सम्ममा मजबुद कम्युनिष्ट बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । ३० गते भित्र गलकोट नगरपालिका भित्रका सम्पुर्ण वाडमा कमिटि गठन गर्न समितिलाई जिम्मेबारी समेत प्रदान गरिएको छ ।
जिल्ला तहमा नेतृत्व चयन गर्नका लागी बागलुङका १० पालिकामा नेतृत्व चयन गर्ने अभियानमा रहेका नेकपाले चैत्र १८ गतेदेखि क्षेत्र नम्बर १ र २० गतेदेखि क्षेत्र नम्बर २ मा अभियान सुरु गरेको थियो । शनिबार अध्यक्षको लागि तिलक उप्रेति, चन्द्रदत्त रेग्मी, ललित श्रीस, गंगा भुजेल र बम बहादुर गुरुङको बिचमा छलफल चलेको थियो । अन्त्यमा सर्वसमत रुपमा अध्यक्षमा श्रीस चयन भएका हुन।
कार्यक्रम नेकपा जिल्ला समेन्त्र सदस्य फमलाल न्युरेको अध्यक्षता र गलकोट समेन्त्र सदस्य चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->