शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटकप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्दछ : प्रधानमन्त्री ओली

पर्यटकप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्दछ : प्रधानमन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७५, बुधबार

काठमाडौं, २७ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताए।
नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई बुधवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन।
प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने,नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ” प्रधानमन्त्री ओलीले भने “देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यबहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।”
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न,सडक सफा गर्न ,होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटक मैत्री व्यबहार गर्न सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->