शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मृगौला पीडितलाई साढे ८ लाख सहयोग

मृगौला पीडितलाई साढे ८ लाख सहयोग


  • ध्रुबसागर शर्मा
  • चैत्र २८ २०७५, बिहिबार

म्याग्दी २८ चैत -हिमाली जिल्ला म्याग्दी प्राकृति सौन्दर्य र सांस्कृतिक विविधतामा मात्रै होइन मनकारी र सहयोगी व्यक्तिहरुले समेत सम्पन्न जिल्ला हो भन्ने प्रशस्त उदाहरणहरु रहेका छन् ।
परोपकार र विपन्नको स्वास्थ्योपचारको क्षेत्रमा देश विदेशमा समेत नाम कमाएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषमा आवद्ध १ सय भन्दा बढि व्यक्तिहरुले मात्रै होइन अन्य सयौं व्यक्तिहरुले आपत विपद्मा परेका र आर्थिक अवस्थाका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा अहिलेसम्म करोडौं रुपयाँ सहयोग गरेका छन् ।
संसारका विभिन्न देशहरुमा रोजगारी,व्यापापार व्यावसाय र अध्ययनका लागि गएका म्याग्देलीहरुले आफ्नो गास कटाएरै भएपनि जिल्लामा गरिब र असहाय व्यक्तिहरुको उपचारमा सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय जिल्लाको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित माया कुमारी छन्त्याललाई विदेशमा रहेका म्याग्देलीले साढे ८ लाख बढी आर्थिक सहयोग जुटाएका छन् ।
वैदेशिक रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया,युके,इराक,कुवेत लगायतका ठाउँमा रहेका म्याग्देलीहरुबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो । २६ बर्षिय छन्त्यालको उपचारको लागि अष्टे«लियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख ३८ हजार तीन सय २० रुपैयाँ र बेलायतमा मल्कबाङ समाज युकेको संयोजनमा रु २ लाख ५ हजार ६ सय छत्तिस रुपैयाँ सहयोग जुटेको हो ।
अष्ट्रेलियामा रहेको नेपाली तथा युकेमा रहेका म्याग्देली र नेपालीहरु मार्फत जुटेको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
त्यसैगरि इराकबाट रेशम छन्त्यालको संयोजनमा ५९ हजार ५ सय २४ र कोरियामा रहेका पुर्ण छन्त्याल, जापनमा रहेका प्रेम छन्त्याल, कुवेतमा रहेका सुक बहादुर रसाईली र कोरियामा रहेका ज्ञान छन्त्यालबाट रु ५÷५ हजार सहयोग प्राप्त भएको छ भने कतारमा रबिन्स छन्त्याल र अमेरिकामा बल छन्त्याल र तम छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->