शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ समाजको शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड

बागलुङ समाजको शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड


  • Dhorpatan News
  • बैशाख १ २०७६, आइतबार

पोखरा, १ बैशाख – नयाँबर्ष २०७६ को अवसरमा पोखरा समाज बागलुङले शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापन कार्यक्रम आइतवार एकैसाथ पोखरामा समपन्न गर्यो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा र चन्द्रवहादुर वुढाले नयाँ बर्षलाई उत्साह, उमंग र सिर्जनाको बर्ष बनाउन सवैलाई आग्रह गरे ।

वितेका बर्ष गण्डकी प्रदेशको लागि जग निर्माणको बर्ष भएको भन्दै उनीहरुले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न प्रदेश सरकार लागि परेको वताए । नयाँ बर्षलाई हामीले आर्थिक समृद्धि र उत्पादनसंग जोडेर लैजानुपर्नेमा उनीहरुको जोड थियो ।

सो अवसरमा समाजले तयार पारेको नयाँ बर्ष २०७६ को भित्तेपात्रो सार्वजानिक गरिएको थियो । कार्यक्रममा सहभागी सवैले एकआपसमा शुभकामना साटासाट गरेका थिए । समाजका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाँण्डेले र सञ्चालन सचिव डिल्लीप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->