बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दिमागी भरमा बजेट निर्माण : मुख्यमन्त्री गुरुङ

दिमागी भरमा बजेट निर्माण : मुख्यमन्त्री गुरुङ


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा, ५ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गतवर्ष कार्यबिधि नहुदा अर्थमन्त्री र आफ्नो दिमागको भरमा मात्रै बजेट निर्माण गरेकाले कार्यान्वयनमा समस्या भएको वताए । नेकपा गण्डकी प्रदेशले विहिवार आयोजना गरेको सांसदहरुसंगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले आगामी बर्ष दिर्घकालिन विकासका कार्यक्रमहरु तयार गरी बजेट निर्माण गरिने जानकारी दिए । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री गुरुङले प्रदेशका गौरवका योजनाहरु छनौट गरेर अगाडि बढ्ने वताए ।
प्रदेशलाई लगानीमैत्री बनाउन लागिपरेको वताउदै मन्त्री गुरुङले प्रदेश सरकारले पनि लगानी सम्मेलन गरेर नीजि क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम तय गरेको सुनाए । संघिय सरकारको अनुदान र प्रदेशमा रहेका साधान श्रोतको पहिचान गरी गण्डकी प्रदेशलाई समृद्ध बनाउन लागि परेका छौ, उनले भने, पर्यटन, कृषि र उधोगधन्दाको विकासमा पनि उत्तिकै ध्यान दिएको वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->