बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पत्रकार गिरीलाई पोखरामा स्वागत

पत्रकार गिरीलाई पोखरामा स्वागत


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

पोखरा, ६ बैशाख – समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा गिरफ्तार परेर रिहा भएका पत्रकार अर्जुन गिरीलाई पत्रकारहरुले पोखरामा स्वागत गरेका छन् । विहिबार रिहा भएर शुुक्रबार पोखरा आएका गिरीलाई पत्रकारहरुले बिमानस्थल नै पुगेर स्वागत गरेका हुन् ।
गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->