स्याङ्जा, २२ वैशाख – शनिवार माता तीर्थ औंसी घर बाहिर भएकाहरु समय मिलाएर आमा संगै बसेर रमाउनुका साथै आसिर्वाद लिनको लागि आमा भएको ठाउमा पुगे । आमा हुनेहरुले आमा संगै बसेर आमा औंसीको अवसरमा आशिर्वाद लिएर आमा औंसी अर्थात (माता तीर्थ औंसी) मनाए भने आमा नहुनेहरु आमाको खोजिमा वृद्धा आश्रममै पुगेर भए पनि आमाको झल्को मेटाउने कोसिस गरे ।
धार्मीक तीर्थ स्थलको रुपमा परिचत राम्दीमा रहेको आश्रममा बसने कति आमाहरु त सन्तान आउने आसमा बाटो हेरेरै बसेका भेटिए भने केही आमाहरु आफन्त कोही पनि नभएकाले आश्रममा आएको र आफुलाई भेटन आउने आफन्त नभएको गुनासो गर्दै थिए ।
पर्वतको बलेवा घर बताउने ८४ वर्षीया सन्यासी चन्द्रकला सुवेदी रुपन्देहिको फर्शा टिकट बाट छोरा छोरी साँझ सम्म भए पनि भेट्न आउने बताइन। उनीहरुकै प्रखाइमा बसेको बताइन ।
पुतलिबजार गरपालिका वडा न ५ की कृष्णा कार्कीले आफ्नी आमा नभए पनि आमाको सम्झनामा आशिर्वाद लिनको लागि आश्रममा आएकोे बताइन । आमा वितेर गएपनि आमाको आत्माको शान्तिका लागि आश्रममा आएको उनले बताइन ।
गल्याङ नगरपालिका १० पकवादीकी ८० वर्षीय लिला ढकाल श्रीमान र भएको एउटा छोरा पनि बिते पछि राम्दीमा रहेको आश्रममा आएर बसेको बताउदै आफन्त कोही नभएपछि यही आश्रम आफ्ना लागि साहारा बनेको बताइन ।
कालिगण्डकीको किनारमा रहेको पवित्र तीर्थ स्थलको रुपमा परिचित राम्दीमा रहेको आश्रममा करिव ६० जना वृद्धवृद्धा बस्दै आएका छन् । यहाँ स्याङ्जा, पाल्पा, पर्वत, रुपन्देही नवलपरासी लगायतका जिल्ला बाट आएर आश्रममा बस्ने गरेका छन् ।





