शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जातीय विभेदका आधारमा प्रधानाध्यपकमाथि कुटपिट गर्ने दुईजना पक्राउ

जातीय विभेदका आधारमा प्रधानाध्यपकमाथि कुटपिट गर्ने दुईजना पक्राउ


  • धु्रबसागर शर्मा
  • बैशाख २३ २०७६, सोमबार

म्याग्दी, २३ बैशाख -म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा कुटपिट गर्ने दुईजनालाई म्याग्दी प्रहरीले आइतवार पक्राउ गरेको छ ।
गत बैशाख ५ गते जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गरेर फरार भएका स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए ।
प्रहरी निरिक्षक शर्माले दिएको जानकारी अनुसार रोका र जुग्जालीलाई आइतवार जातीय भेदभाव सम्बन्धी कसुर मुद्धाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको हो । उनीहरुलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य प्रारम्भ गरिएको छ ।
रोका र जुग्जालीले कुटपिट गर्दा शिक्षक विश्वकर्माको देब्रे खुट्टाको बिचका दुई वटा औला र पाइताला जोड्ने हड्डी भाँचिएको थियो । जातिय विभेद गरि विश्वकर्मामाथि कुटपिट भएको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बुधवार विज्ञप्ती प्रकाशीत गरेपछि घटना ढिला गरि बाहिर आएको थियो ।
यही बैशाख ५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पूर्जाको घरमा स्थानीय अगुवाहरुसंग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै आक्रमण गरी लतारेर ५ मिटर अग्लो आँगनको डिलबाट आफुलाई खसालेको पिडित प्र.अ विश्वकर्माले बताए।
६ गते बेनी आउनुभएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरेको थियो । बैशाख ७ गते छोरा दिप्सन मार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएपनि १५ गते मात्र दर्ता भएको थियो ।
जातीय छुवाछुत सम्बन्धी मुद्दामा एक वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->