शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अब पोखरा– देहरादुन सीधा बस

अब पोखरा– देहरादुन सीधा बस


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७६, मंगलबार

पोखरा,३१ बैशाख- पोखराबाट अब भारतको देहरादुनसम्म सीधा बस सेवा संचालन हुने भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा–दिल्ली साबिक रहेको बस सेवालाई हप्ताको एकदिन देहरादुनसम्म संचालन गर्न लागिएको हो । पोखरा–देहरादुन सीधा बस संचालन बुद्धजयतीको दिन देहरादुनबाट सुरु हुनेछ । पोखराबाट भने त्यसको औपचारिक उद्घाटन आउँदो जेठ ८ गते गरिने पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
पोखराबाट जाने बस संचालनको जिम्मा भने मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले लिएको छ । मोर्डन एराका संचालक केशव अधिकारीका अनुसार पोखरा–देहरादुन बसको भाडा २७ सय भारतीय रुपैयाँ कायम गरिएको छ । सो बस पोखराबाट नेपालको महेन्द्रनग बाट भारतको रुद्रपुर, हरिद्धार, ऋषिकेश हुँदै देहरादुन पुग्नेछ । उनले सीधा बस सेवाले नेपालको पर्यटन प्रवद्र्धन हुने दावी पनि गरे ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले स्थलमार्गबाट सहज नेपाल आउने वातावरण हुनु भनेको पर्यटन प्रवद्र्धनमा सहायक हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->