शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशको सम्पूर्ण स्थानिय तहमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने

गण्डकी प्रदेशको सम्पूर्ण स्थानिय तहमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने


  • Dhorpatan News
  • बैशाख ३१ २०७६, मंगलबार

पोखरा,३१ बैशाख – सामाजिक विकास मन्त्री नरदेवी पुनले जेष्ठ नागरिकलाई लक्षित गरी गण्डकी प्रदेशका सम्पूर्ण स्थानिय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने वताएकी छिन । पछिल्लो समय जेष्ठ नागरिकहरु एक्लो हुदै गइरहेकाले प्रदेश सरकारले दिउसोको समयमा जेष्ठ नागरिकहरुलाई एकठाउमा जम्मा भइ एक्लोपनबाट टाढा वनाउने लक्ष्य सहित योजना अगाडी सारेको वताइन ।

सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगर वडा नम्बर २० भलाम हरिहर गुफा सन्यास आश्रममा जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गर्ने उद्देश्यले आयोजित निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पुनले पछिल्लो समय जेष्ठ नागरिकहरु आफ्नैै निवासमा एक्लोपनको महशुस गरेकाले प्रदेश सरकारले जेष्ठ नागरिकहरु बीच भेलाहुने वतावरण बनाउनका लागी गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानिय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न लागेको वताइन ।

गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गर्ने गरी चालु आर्थिक वर्षमा ६६ लाख बजेट छुट्टयाएको र सोही अनुरुप पोखरा २० भलामबाट अभियान सुरु गरी जेष्ठ नागरिकहरुलाई विशेष गरी आंखा, कान र मुटु सम्बन्धी समस्या पहिचान गरी सहायता सामाग्री प्रदान गरिएको वताउदै जेष्ठ नागरिकको अनुभवलाई पुष्ता हस्तान्तरण गराउनका लागी पनि यस्ता शिविरले महत्वपूर्ण भुमिका खेल्ने वताइन ।
सो अवसरमा वोल्दै राष्ट्रिय जेष्ठ नागरिक महासंघ गण्डकी प्रदेश पोखराका अध्यक्ष कुशुम केशव पराजुलीले पछिल्लो समय आफ्ना परिवारका सदस्यहरुको ब्यस्ताताका कारण जेष्ठ नागरिकहरुले कही कतै विभिन्न समस्याहरुको सामना गर्न परिरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले अगाडी सारेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रले जेष्ठ नागरिकहरुको सन्दर्भमा महत्वपूर्ण भुमिका खेल्ने वताउदै प्रदेश सरकार संग आफुहरुको संस्थाले सहकार्य गरी जेष्ठ नागरिकको सम्मान र संरक्षण्मा लागी पर्ने वताए ।
त्यसैगरी पोखरा महानगर वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिकहरुलाई लक्षित गरी आफ्नो वडाबाट जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गर्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी आफ्नो वडाभित्र रहेका जेष्ठ नागरिकहरुलाई केही हद सम्म सहयोग गरेकोमा आभार ब्यक्त गर्दै आगामी दिनमा आफ्नो वडाले समेत जेष्ठ नागरिकको स्वास्थ्य र उनीहरुलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु गर्ने वताए ।
मंगलवार सम्पन्न शिविरमा पोखरा २० भित्र रहेका १ सय ३५ जना जेष्ठ नागरिकको स्वास्थ्य जांच गरिएको थियो । उक्त अवसरमा मुटु सम्बन्धी ८७, कान सम्बन्धी २० र आंखा सम्बन्धी ६७ जनाले सेवा लिएका थिएभने २० जनालाई चस्मा र कान सम्बन्धी सुन्ने उपकरण (हेयरिङ हेड)१८ जनालाई प्रदान गरिएको थियो ।
सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय राष्ट्रिय जेष्ठ नागरिक महासंघ गण्डकी प्रदेश पोखरा, जेष्ठ नागरिक जिल्ला संघ कास्की र पोखरा महानगरपालिका २० ले गरेको थियोभने मणिपाल शिक्षण अस्पताल पोखरा, हिमालय आंखा अस्पताल घारीपाटन पोखरा र मातृशिशु मितेरी अस्पताल पोखराको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->