शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते ,हेलिकप्टरमार्फत पोखरा ल्याइयो

बडिगाडमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते ,हेलिकप्टरमार्फत पोखरा ल्याइयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७६, बुधबार

बागलुङ,१ जेठ – बागलुङको बडिगाड गाउँपालिका–६ ठूलावेसीमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको लु ३१ प ३६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वडिगाड गाउँपालिका– ६ घ्वाँगका १३ वर्षिय अमृत थापा घाईते भएका हुन । घाइते थापाको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखराको मनिपाल शिक्षण अस्पतालमा लगिएको वडाअध्यक्ष मौसम क्षेत्रीले जानकारी दिए ।
घाइते बालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको क्षेत्रीले जानकारी दिए । मोटरसाइकल चालक बडिगाड गाउँपालिका–५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा बच्चालाई ठिक्कर दिएको प्रत्यक्षदर्शिले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->