पोखरा,४ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वुद्धको सन्देशबाट प्रेरित हुँदै शान्ती र न्यायपूर्ण समृद्ध समाज निर्माणमा लाग्ने बताएका छन । २५६३ औं वुद्ध जयन्तीको अवसरमा शनिवार शुभकामना सन्देश दिदै मुख्यमन्त्री गुरुङले संसारमा दु:ख छ ,दु:खको कारण छ ,र दु:ख निवारण गर्न सकिन्छ भन्ने बुद्धको शिक्षालाई अनुशरण गरेर अघि बढने बताएका छन । वुद्धदर्शनमार्फत बिश्व शान्ति ,भातृत्व र मानव कल्याणका लागि बुद्धका बिचार र उपदेशले बौद्ध धर्मलम्वीलाई मात्र नभएर विश्व मानव जातिलाई मार्गदर्शन गरेको गुरुङले उल्लेख गरेका छ्न ।






