शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्यो, पाँचको मृत्यु

काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्यो, पाँचको मृत्यु


  • Dhorpatan News
  • जेष्ठ ५ २०७६, आइतबार

गजुरी, ५ जेठ- झापाबाट काठमाडौं जादै गरेको बस आईतवार विहान त्रिशूलीमा खसेको छ । ना. ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।  गजुरी प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
गजुरी गाउँपालिका ६ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->