बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तमु धिँ नेपालको स्थापना दिवस

तमु धिँ नेपालको स्थापना दिवस


  • Dhorpatan News
  • जेष्ठ ७ २०७६, मंगलबार

पोखरा, ७ जेठ – गुरुङ अर्थात् तमुहरुको अग्रणी सामाजिक संस्था तमु धिँ नेपालको ३५ आँै स्थापना दिवस आइतवार सम्पन्न भएको छ। संघ संस्था खोल्न प्रतिवन्धित भएको निर्दलीय पञ्चायती घेराभित्र २०४२ साल जेठ ५ गते पोखरामा तमु धिँको गठन गरिएको थियो ।
यसैबीच तमु धिँले आफ्नो स्थापना दिवसको अवसरमा तमु धिँ नेपालद्धारा स्थापना गरिएको उच्च शिक्षा प्राप्त गरी समाजसेवामा जुटेकोमा हुमबहादुर तमुलाई स्व.हर्क—चन्द्र—सन्त तमु स्मृति उच्च शिक्षा समाजसेवा पुरस्कारबाट सम्मानित गरिएको छ । सम्मानमा नगद २० हजार रुपैयाँ समेत रहेको थियो । स्व.कर्णेल तिर्थकुमारी समाज सेवा पुरस्कारबाट तमु धिं नेपाल पुर्व व्यवस्थापन संयोजक पदमबहादुर तमु, तमु आदिकवि हर्कबहादुर तमु स्मृति पुरस्कारबाट साहित्य तर्फ पाठशाला उपन्यासका लेखक तीर्थ तमु र समाजसेवा तर्फ ल्वाङघलेल तमु समाजकी अध्यक्ष डमरकुमारी तमु जनही १५ हजार रुपैयाँसहित सम्मानित भए । तमु भाषा संरक्षण वापत स्व.घनबहादुर लामिछाने तमु स्मृति पुरस्कारबाट त्रिभाषिक(अंग्रेजी, तमु, नेपाली) शब्दकोष लेखक ई.खेमबहादुर तमु, विशेष साहित्यिक श्रष्टा सम्मानबाट अनेसास युके च्याप्टरका अध्यक्ष सुमलकुमार तमुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->