शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाटो मर्मत गदैै जागरण अभियानमा

बाटो मर्मत गदैै जागरण अभियानमा


  • Dhorpatan News
  • जेष्ठ ७ २०७६, मंगलबार

बागलुङ, ७ जेठ – यतिबेला देश भरी नै काँग्रेसको जागरण अभियान चलेको छ । काँग्रेसका केन्द्र देखी जिल्ला र स्थानिय स्तरका नेताहरु गाउँ गाउँमा आफ्ना कार्यकर्ताहरु सँग भेटघाटमा व्यस्त देखिन्छन । जिल्लामा प्रनिनिधिको रुपमा खटिएका केन्द्रिय समितिका प्रतिनिधिहरु गाउँमा कार्यकर्ता सँग जागरण अभियानका सन्देश पु¥याउन खटिएका छन । पहिलो चरणको अभियान एक महिना सम्म संचालन हुनेछ । पहाडी क्षेत्रमा यतिबेला दैनिक जसो बर्षात भैरहेको छ बर्षातले सडक विग्रदै गएको छ । विग्रेको सडक मर्मत गर्दै अभियानमा सहभागी हुन जिल्ला र केन्द्रस्तरका नेताहरु गाउँमा पुगेका छन । काँग्रेस केन्द्रिय समितिले हरेक जिल्लामा प्रतिनिधि खटाएको छ । बागलुङका लागि पनि केन्द्रिय सदस्य शंकर भण्डारी यतिबेला गाउँ गाउँमा पुगेका छन । भण्डारी सोमबार जिल्ला स्तरको नेताको साथमा दक्षिण बरेङ गाउँपालिकाको कार्यक्रममा सहभागीका लागि गए । जिपको यात्रा कच्चि सडक, वर्षातका कारण ठाउँ ठाउँमा विग्रेको कारण उनिहरु आफै बाटो बनाउँदै कार्यक्रम स्थल तर्फ लागे । करिब ६ घण्टाको बाटो धेरै ठाउँमा बाटो मर्मत गदैंै भण्डारी कार्यक्रम स्थलमा पुगे । जागरण अभियानका मुल उद्देश्य भनेकै हरेक समुदायलाई सहयोग गर्ने हो । भण्डारीले भने, ‘हामी भाषण भन्दा पनि समाज सँग प्रत्यक्ष सरोकार रहने विषयमा काम गर्नेछौं अभियानकै क्रममा बाटो मर्मत गर्दै सम्बन्धित स्थानमा पुग्यौं । जागरण अभियानका क्रममा आम कार्यकर्ताको मर्मबुझने काम गर्नेछौं । भण्डारी सँग जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, पुर्व मन्त्री चम्पादेवी खड्का जिल्ला सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, जिल्ला सदस्य हरि आचार्य लगायतका नेता तथा कार्यकताहरु थिए । सदरमुकामबाट बरेङ जाने बाटो ठाउँ ठाउँमा विग्रेको कारण उनिहरु मर्मत गर्दै कार्यक्रम स्थलमा पुगेका हुन । मंगलबार बरेङ डाँडामा रहेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जिल्लास्तरको टोली त्यहाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->