बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाल क्लब पुनर्गठन

बाल क्लब पुनर्गठन


  • Dhorpatan News
  • जेष्ठ ८ २०७६, बुधबार

पोखरा, ८ जेठ – कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ ।
क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् । यसै गरी सदस्यहरुमा निश्चल ओझा, कल्पित ओझा, सौरभ अधिकारी, सन्दिप सुवेदी, करिश्मा पन्थ र राजेश सुर्खाली रहेका छन् । विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावी संरक्षक रहेको क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल छिन् ।
यसैबीच, क्लबका सदस्यहरुका लागि विद्यालयमा बाल क्लब व्यवस्थापन तथा बाल अधिकारसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा भएको तालिममा सो संस्थाकी फोकल पर्सन निकिता कोइरालाले सहजीकरण गरेकी थिइन् ।
क्लबले पाक्षिक रुपमा भित्ते पत्रिका प्रकाशनसँगै विभिन्न सहकार्यकलाप सञ्चालन गर्दै आएको छ ।
यसै गरी, विद्यार्थी स्वयम् सेवक मञ्च पनि पुनर्गठन गरिएको छ । मञ्चको संयोजकमा नवीन घताने, सहसंयोजकमा दीपा ओझा र सदस्यहरुमा दिलबन्धु ओझा, कृति ओझा, गीता ओझा, सरोज सुनार, विश्वास गुरुङ, आनन्द ढुङ्गाना, विमल विक, सन्जिना पौडेल, प्रसन्न पौडेल, दिलिप विक, जनक विक, प्रविन घताने, सुजन ओझा, आशिष सुर्खाली, अभिषेक तामाङ, भावना ओझा, रोनिषा ओझा, सुस्मिता ओझा, शर्मीला गुरुङ र अजिता आले रहेका छन् । मञ्चको शिक्षक संयोजकमा अजय गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->