बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न

नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न


  • Dhorpatan News
  • जेष्ठ ८ २०७६, बुधबार

पोखरा, ८ जेठ – नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड दिए । नाई संघद्वारा प्रकाशित वार्षिक क्यालेन्डरसमेत विमोचन गर्दैै प्रमुख अतिथि भण्डारीले मजदुरको समस्यामा नेपाल ट्रेड युनियन कांग्रेस डटेर लड्ने बताए । पेशागत हकहितमा एकताबद्ध हुन सके जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने भन्दै जिल्ला परिसद भव्य सम्पन्नको शुभकामना दिए ।
कार्यक्रममा नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले समस्या समाधान गर्दै अगाडि बढेको नाई संघले सदस्यता बृद्धिमा ध्यान दिन आग्रह गरे । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमलाले कार्यक्रममा शुभकामना दिँदै बलियो संगठन निर्माणमा जोड दिए । सहसचिव धमलाले पेसालाई सुरक्षित र मर्यादित बनाउन अनुरोध गर्दैै पर्यटकीय क्षेत्र पोखरामा नाई संघको सेवा उत्कृष्ठ बनाउन आग्रह गरे ।
जिल्ला उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले स्वागत गरेको सभामा सन्दिप ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए । परिसदले शुल्कमा नियमितता, पसलमा सरसफाइ, प्रभावकारी सेवा र संघको निर्णयको पूर्ण कार्यान्वयनमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->