बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख


  • Dhorpatan News
  • जेष्ठ ८ २०७६, बुधबार

पोखरा, ८ जेठ – पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गरेकी छन् । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित सिर्जना बालगृह सञ्चालार्थ उक्त रकम सहयोग गरेकी हुन् । सिर्जना विकास केन्द्रका कार्यवहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेललाई तझ्याले मंगलबार रकम हस्तान्तरण गरिन् ।
सिर्जना विकास केन्द्रद्वारा सञ्चालित सिर्जना बालगृहले असहाय बालबालिकाहरुका क्षेत्रमा राम्रो काम गरेकाले अक्षयकोष स्थापनार्थ आफूले सहयोग गरेको उनले बताइन् । सहयोग हस्तान्तरणका अवसरमा कार्यवहाक अध्यक्ष पौडेलसहित निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, सल्लाहकार समिति सभापति राजकुमार गिरी, सिर्जना विकास केन्द्रका कोषाध्यक्ष कमला गिरी लगायतले बोलेका थिए । राजकुमारीका छोरा तथा सिर्जना विकास केन्द्रका आजीवन सदस्य ध्रुवप्रसाद तझ्याले आमाले गर्ने राम्रो काममा आफ्नो सधैं साथ रहने बताए । तझ्याका पाँच छोरा र चार जना छोरी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->