पोखरा, ८ जेठ – समाजसेवी चन्द्रबहादुर पहरे पुनमगरले सृजनशिल अपाङ्ग समाज कास्कीलाई मंगलवार ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन । पहरे पुनमगरले समाजका अध्यक्ष विष्णु सिग्देललाई कोपिलढुंगास्थित कार्यालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरे । रकम हस्त्तान्तरण गर्दै उनले समाजमा रहेका अपाङ्ग व्यक्तिको सिर्जनशिल कामको लागि उक्त रकम सहयोग गरेको बताए ।
‘देशमा अझैं पनि सरकार र नागरिक समाजले हेर्नुपर्ने क्षेत्रहरु पछि परीरहेका छन्, दलित, उत्पिडित, शारिरीक अशक्तता र अपाङ्गता भएका व्यक्तिहरुको लागि सपाङ्गलाई गरिने जस्तो व्यवहार भईरहेको छैन, पुनले भने, विविध कारणले पछाडि परेका व्यक्तिहरुलाई उत्थानशिल बनाउनु हामी सबैको दायित्व हो, त्यसैले मैले रकम सहयोग गरेको हुँ ।’
पहरे पुन मगरले समाजमा हुने खानेले मै खाउँ र मैलाउँ मात्र नसोचि, नहुने पनि यहि समाजमा सदस्य भएकोले उनीहरुले सहज र सरल रुपमा जीवनयापन गर्न पाउनुपर्ने बताए ।
सृजनशिल अपाङ्ग समाज कास्कीको आयोजना र फूलवारी सेवा केन्द्र तनहुँको सहयोग र सृजनशिल अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका – ३ को समन्वयमा संचालित एक हप्ते अपाङ्गता सम्वन्धि अभिमुखिकरण कार्यक्रममा पहरे विशेष अतिथि थिए ।





