बागलुङ,८ जेठ – बूर्तिवाङ्गदेखि पोखराको लागि छुटेको ग १ च ५९८१ जिप पर्वतको कुश्मा नगरपालिका–८ चुवामा दुर्घटना हुँदा चार जना घाईते भएका छन् । ढोरपाटन नगरपालिकामा आएका इन्जिनियर लिएर पोखरा छुटेको जिप दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका वडा नं ६ का ३१ वर्षिय धनबहादुर कामी, सोही स्थानकी ११ की मोना बिक, पोखरा उपमहानगरपालिकाका–१७ का अभिशेष काफ्ले र ढोरपाटन नगरपालिका ९ का वर्ष ४६का सोनाम गुरुङ घाईते भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
घाईते चालक धनबहादुरको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि फेवासिटी अस्पताल पोखरा रिफर गरिएको छ । अन्य घाईते पर्वत जिल्ला अस्पतालमा सामान्य उपचार पछि घर फर्केका छन् । जिपमा सवार ८ जना मध्ये ६ जना घाईते भएका थिए ।
ढोरपाटन नगरपालिकाले भाडामा लिएको उक्त जिप इन्जिनियर छोडनको लागि पोखरा हिडेको प्रमुख प्रशासकीय धनप्रसाद पोख्रेलले बताए । तिव्र गतिको कारण जिप अनियन्त्रीत भई सडकमा पल्टेको प्रहरीले बताएको छ ।





