पोखरा,९ जेठ – पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा र भारतको देहरादुनसम्म सीधा बस सेवा सुरु गरेको छपृथ्वी राजमार्ग बस संचालक समिति अन्तर्गतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले बुधबारदेखि बस सेवा सञ्चालन सुरु गरेको हो । पोखराबाट छुटेको बस नारायणगढ बुटबल, महेन्द्रनगर बनबासा, रुद्रपुर, हरिद्धार, ऋषिकेशहुँदै देहरादुन सम्म पुग्ने पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए ।
बुधबार पोखराबाट गएका बस शनिबार देहरादुनबाट फर्किने छ । उनले छिटै नै भारतको पट्ना र पोखरा जोड्ने गरी बस सेवा सञ्चालनमा ल्याउन तयारी गरेको बताए ।
भारतको नयाँदिल्ली– पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्ली बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा सुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशबप्रसाद अधिकारीले बताए ।उनले एयरकण्डिसनयुक्त बसको एक जनाको एकतर्फी४ हजार ३ सय २० राखेको जानकारी दिए । उनले नेपाली विद्यार्थी, व्यवसायी, बिरामी र पर्यटनमा बस सेवाले टेवा दिने बताए ।





