बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जेसीज सप्ताह शुक्रवार देखि

जेसीज सप्ताह शुक्रवार देखि


  • Dhorpatan News
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ – पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह बनाउने भएको छ । बर्ष २०१९ को‘सकरात्मक प्रभावका लागि एकता’भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम लगायत आयोजना गरेर सप्ताहन्त मनाउने जेसीज सप्ताह २०१९ मुल संयोजक जेसी मोहनप्रसाद अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अधिकारीले बताए । जेठ १० गते पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा औपचारिक उद्घाटन गरिने जेसीज वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर कार्यशाला गोष्ठीको आयोजना गरिने छ । उक्त कार्यशाला गोष्ठिमा जल महल रिसोर्ट पोखराका डा. दिनेश प्रसाई र कपिल तमोटले सहजिकरण गर्नेछन् । जसको संयोजन जेसी बिनु श्रेष्ठले गर्नेछिन् । त्यस्तै दोस्रो दिन जेठ ११ गते अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर माछापुछ«े मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ । अन्नपुर्ण गाउँपालिका सँयको समन्वय तथा कास्की सेवा हस्पिटल, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा हुने शिवीरकोे संयोजन जेसी गणेश गिरीले गर्नेछन् । सप्ताहान्तको अन्तिम दिन जेठ १२ गते रन्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक÷ शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रमको आयोजना गरिने छ । अन्तिम दिनको उक्त परामर्श कार्यक्रमकोे सहजीकरण मदरल्याण्ड मा वीका प्रमोटर प्रेम नारायण पोख्रेलले गर्नेछन भने कार्यक्रम संयोजन जेसी कमलराज पराजुलीले गर्नेछन् ।
सोही दिन सप्ताहान्तको औपचारिक समापन गरिने पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले जानकारी दिएका छन् । कार्यक्रम सम्पन्न गर्न ५ लाख खर्च र ५ लाख नै आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->