बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेवि संघ क्रियाशिल

नेवि संघ क्रियाशिल


  • Dhorpatan News
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ – हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाली कांग्रेस कास्कीले भातृ संस्था नेवि संघलाई चलायमान बनाउने भएको छ ।नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि बनेको कांग्रेस पार्टी जिल्ला निर्देशन समितिका संयोजक आइबहादुर गुरुङको अध्यक्षतामा बुधबार वसेको बैठकले तल्लो तहसम्म नेविसंघ निर्माण गरी चुस्त दुरुस्त र गतिशिल बनाउने निर्णय गरेको हो ।बैठकले पाँचवटै स्थानिय तहमा प्रतिनिधि टोली खटाई नेवि संघ निर्माण गर्ने निर्णय गरेको छ । खटिएका प्रतिनिधी मण्डले सम्वन्धित स्थानिय तह अन्तर्गतका मावि तथा उच्च माविहरुमा सदस्यता वितरण गरी प्रत्येक इकाईमा कार्यसमिति गठन गरी संगठन सुदृढिकरण अभियान सञ्चालन गर्नेछन् ।बैठकमा नेविसंघका निर्वतमान केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरु तथा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।नेपाली कांग्रेसको केन्द्रीय निति अनुरुपनै नेपाली काँग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->