बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बुद्धको ऐतिहांसिक खोज: एक बिष्लेषण

बुद्धको ऐतिहांसिक खोज: एक बिष्लेषण


  • सिताराम थापा
  • जेष्ठ ९ २०७६, बिहिबार

गौतम बुद्ध एक पहिचान 
बुद्ध बारे बिभिन्न भ्रम सिर्जना गरिएकोले यसको सत्य, तथ्य र बैज्ञानिक तर्कका आधारमा यर्थाथको खोजी गर्नु अपरिहार्य भएको छ । बुद्ध बारे नेपालले भन्दा छिमेकी देशहरु र बिदेशीहरुले नै खोज अनुसन्धान गरी आजसम्म हिन्दू जातिबादी एकल शासनले भन्दा बढी समाहित भएको हो । खोजले भन्छः शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी हो । बुद्धको २५६३औं जन्म जयन्ति भर्खरै मनाइएको छ । यसैले पन बुद्ध यस भन्दा ८० बर्ष पहिले जन्मेको अध्ययनानुसार पुष्टि हुन्छ । बुद्धलाई पांच सत्यका रुपमा बुझ्ने गरिन्छ – शान्ति, अहिंसा, करुणा, शिक्षा र न्यायको मूर्तिको प्रतीकको रुपमा बुझ्ने गरिन्छ। यी कुराहरुलाई बास्तबमा लोकतन्त्रबादीहरुले बडी मान्यता दिए जस्तो देखिए तपनि बुद्धको सुन्दर सन्देशहरु बामपन्थी बिचारधाराले पनी ग्रहण गरेका छन । बुद्ध सात पाईला हिडेका थिए भने उनले एउटा औला ठडाएकाले पहिलो मानबको प्रतीक पनि मानिन्छ। ‘अप्प दीपो भब’ अर्थात् ‘आफै प्रकाश बन’ भन्ने बुद्धको महान सन्देशबाट मानिस आफु जस्तो सोच्छ र ब्याबहार गर्छ त्यस्तै बन्दछ भन्ने सन्देश सबैले स्वीकार गरेका छन । तर सिद्धान्ततः यो स्वीकारोक्तिलाई ब्याबहारमा भने नेपालको बौदिक भनिने र नेता तथा नेतृत्व तह बाटै थिलो थिलो बनाईएको सत्य हाम्रो सामु उभिएको छ । बुद्धको जन्म, मृत्यु र ज्ञान प्राप्त भएको दिन नै जन्म जयन्ती मनाएको अध्ययन बोेल्दछ। पूर्बीय शिलालेख र अध्ययनले भन्छ, — राजाशुद्धोधन र रानी मायादेबीको सुपुत्र भएर जन्मिएको बुद्ध ग्रन्थमा उल्लेख छ। बुद्ध राजकुमार नै रहंदा मानब जातिको दुःख देखेर नै २९ बर्षमा दरबारको सुख शयल छोडी तपस्या गर्न गई बोधिबृक्ष ९पिपलको रुखमुनी० बुद्धत्व प्राप्त गरेको मानिएको छ । बुद्धको पञ्चशील उपदेशमा हिंसा, चोरी, बलत्कार, मदीरा सेवन नगर्नु र झुटो नबोल्नु प्रष्ट भनिएको छ । बुद्ध आफैमा कुनै अवतार भने होईनन हामी जस्तै मानब हुन। उनको दार्शनिक र बिचारले बिश्ममार्गमा परिचित गराएको हो । जसलाई बुद्ध धर्म र बुद्ध दर्शनको रुपमा समेत स्वीकार गरिएको छ ।

बुद्ध नेपाल हैन, लुम्बिनि जन्मिए।

गौतम बुद्ध भारतमा जन्मिएका हुन, भनेर हामिलाई पढाइयो । उनी इतिहासको कालखण्डमा लुम्बिनीमा जन्मेका हुन भन्ने पुष्टि भईसकेको तथ्य बारे गंम्भीर रुपमा अध्ययन गर्ने हाम्रा नेता र नेतृत्वको खाचो अपरिहार्य छ । अध्ययन बिना नै नेता र नेतृत्वहरु बुद्ध जन्मिएको देश, शान्तिको प्रतीक आदि भन्छन। बिभिन्न पर्चा पोष्टसर, गन्जीहरुमा नेपाल बुद्धको देश भनेर पनि लेखिन्छन् । बौद्धिक भनौदाहरु, साहित्यकार र नेताहरुले पनी बुद्धको देश भनेर चिनाउन थालेका छन । अझै कतिपय मानिसहरुमा गौतम बुद्ध भगवान हुन या मानिस हुन अन्यौलताले घर गरेको छ, मजगहरुमा । भ्रमहरु बारे बास्तबिक अध्ययनको अभाबले नेपाली अगुवा भनौदाहरु मौनता साधेका छन । त्यौ मौनतालाई तोडन बुद्ध बारे बास्तबिक अध्ययन गी एउटै यर्थाथता जनसामु पस्कनु आजको आवश्यकता भैसकेको सत्य नर्कान सकिदैन । सिद्धार्थ गौतम नेपालमा जन्मेका र नेपाली हुन होईनन भनी बास्तबमै थाहा पाउनु जरुरी छ । अध्ययन बिना ओकल्ने बानी परेका प्रगतिशील र जानीफकारहरुलाई भने नेपाली होईन भन्यो भने राष्ट्रबादी होईन्न भन्ने परिलोको मनोदशा मगजमा ज्यूदो जाग्दो भएर लगतार हिडिरहेको छ । अध्ययनले के देखाउछ भने बास्तबमा नेपाल नामको देश जन्मनु भन्दा सदियौ बर्ष अगाडि गौतम बुद्ध जन्मिसकेको थिए भन्ने बिभिन्न किवदन्तीहरु, शिलाअभिलेख, शास्त्रहरुको अध्ययनहरुले पुष्टि गरिसकेको छ । बौद्धमार्गी बिद्धानहरुले गरेको अध्ययन र संस्कृत ग्रन्थहरुले बुद्ध २५ सय ६३ बर्ष अगाडि लुम्बिनीमा जन्मेको प्रष्ट पारेको छ ।चिनीयायात्रीहरुको अध्ययनमा पनि बुद्ध लुम्बिनीमै जन्मेको निष्कर्ष निकालेका छ । त्यस बेलासम्म नेपाल देश थिएन । नेपाल देस नामाकरण हुदासम्म पनि लुम्बिनी स्थलको खोज अध्ययन भईरहेको थियो । यसैले बुद्ध नेपालमा नभएर बास्तबमा लुम्बिनीमा जन्मीएका थिए र कपिलबस्तुको नेपाल पछि पहिचान भएको हो । यसैले बुद्व उ बेला नेपाल हैन लुुुम्बिनिका हुन।

बुद्धको खोजी कसरी भयो ?

उतिबेलका पाल्पाको बडाहाकिम खडकसमशेरले रुपन्देहीमा उत्खननको अनुमति लिएर शुरु गरेको ‘द बुद्ध एण्ड डा फयूहर’ पुस्तकमा उल्लेखित अध्ययनमा बताइन्छ । लुम्बिनी पत्तो लागेपछि नेपालको एउटा सांस्कृतिक बिम्बको प्रतीकको रुपमा धेरै साहित्यकार लेखकले बुद्धलाई ग्रहण गरे । बिश्वले लुम्बिनीलाई आकर्षित गर्दै बुद्ध लाई नेपाली बनाउने कार्य भयो । ‘बुद्धले यहां पाएथे, ज्ञानको पहिलो मुहान, । बुद्ध २५ सय ६३ बर्ष अगाडि जन्मेकाले त्यति बेला नेपाल भन्ने नाम थियो भन्ने ईतिहासिक प्रमाण फेला परेको थिएन । तर हामी कसरी उनी नेपाली हुन र नेपालमा जन्मेका हुन भन्न पाएका छौ भने उनी जन्मेका ठाउ अहिलेको नेपाल भित्र पर्छ । गोर्खाली राज्यले आफनो नाम राणाकालमा नेपाली राखेको थियो । पंचायती ब्यवस्थामा एउटा खाश बेशभूषामा सजिने, एउटा खाश भाषा बोल्ने र एउटा खाश धर्म मान्नेलाई नेपालीका् रुपमा पहिचान गरिएको थियो । उतिबेला नेपाली हुन हिन्दु धर्म, भेष, नेपाली क्षेत्र, नेपाली भाषा बोल्ने, नेपाली पोषाक दौरा सुरुवाल टोपीले सजिनेलाई नेपालीको पहिचान गरिएको ईतिहास साक्षी छ । यसरी भन्ने हो भने २५ सय ६३ बर्ष अगाडि यो धर्म, भाष भेष लुम्बिनीमा थिएन । यस कारणले बुद्ध लाई नेपाली र नेपालको भन्ने नभन्ने कुरा मतान्तरण हुन सक्छ । यस अर्थमा बुद्धको खोज अध्ययन अनुसन्धान नेपाल र नेपालीले भन्दा बिदेशीहरुले गरेका हुन । हिन्दू अतिबादी भएर चलिरहेको नेपालले न त बुद्ध बारे खोजेको थियो न त बुद्ध नेपाल हुदा नेपालमै जन्मिएका थिए ।

हिन्दू अतिबाद र बुद्ध ?

यो कुरा नेपाली लेखन साहित्य र ईतिहासले बिनामुलाहिजा भनिरहेको छ कि बुद्ध नेपाली हुन र नेपालमा जन्मिएको हो । गौतम बुद्धलाई नेपाल र नेपाली भनेर गर्बको साथ बुझि वा नबुझि प्रवचन दिएर गर्ब गर्नेको लर्कन ओईरो नै छ । मानौ, नेपालीले योजना बनाएर लुम्बिनी बनाएका हुन र बुद्ध जन्माएका हुन। तर बुद्ध बास्तबमा नेपालमा भन्दा पनी लुम्बिनीमा जन्मिएको सत्य हो । यसैले एकै शब्दमा स्पष्ट भन्न चाहि सकिन्छ बुद्ध लुम्बिनीमा जीन्मएका हुन लुम्बिनी हाल नेपाल देशमा पर्दछ । बास्तवमा बुद्धको खोज अनुसन्धानमा समेत नेपालले पहलकदमी लिन सकेको थिएन । देशलाई हिन्दू भनेको पाइन्छ । बुद्ध र बुद्ध धर्मलाई नेपाल र नेपालीले कुनै स्थान र पहिचान दिन असहमत भएको जस्तो देखिन्छ । भर्खर बनेको गणतन्त्र नेपालको संबिधानमा समेत धर्म निरपेक्षता स्पष्ट उल्लेखित छैन । बुद्ध भगवान पनि थिएनन, बुद्ध हामी जस्तै मानिस नै थिए। उनी बौद्धिक, बिश्व समाजको दार्शनिक ज्ञाता थिए । उनका केही महत्वपूर्ण सन्देशहरु छन। दर्शन आफैमा कुनै जात वा भुगोल लिएर जन्मने भन्दा उनीहरु संसारभर जन्मन्छन्। दार्शनिक बैज्ञानिकहरु सामाजिक बैज्ञानिहरु कार्ल माक्र्स प्लेटो, बुद्ध आज बिश्वभर जन्मिरहेको छन र फैलिरहेको छन ती कोही भगवान होइनन् । मानिस मात्र हुन् । बुद्ध जन्मेको लुम्बिनी आज नेपाल भित्र पर्ने हुनाले नेपाल र नेपाली भनिएको चांहि सत्य हो। यसैले अव जुन धर्मिक बिभेद र जात भन्दा पनि बुद्ध र लुम्बिनीलाई बिदेशीले जती खोज अनुसन्धान गरे, लगानी गरे र आज नेपाल र नेपालीले गर्व साथ बुझि नबुझि भनिरहेछौ यस बारे नेतृत्व तहबाटै गम्भीर अध्ययन गराउनु जरुरी रहेको छ । साथै बिदेशीले बनाई दिएको बुद्ध र लुम्बिनीलाई नेपालले आफनो सही मार्ग र दृष्टिकोण बनाउन जरुरी छ। संसारभर प्रसिद्ध बुद्ध र यस क्षेत्रलाई निर्माण गर्न नेपाली र नेपालको राज्य सताले बिषेश भूमिका निर्वाह गर्नु पर्दछ । यस बारे अझै बहस, खोज अनुसन्धान गरी आम नेपालीमा जानिफकारहरुको समूह बनाउन पनि जरुरी रहेको छ । यस बारेमा केही बौद्धिक ठेकेदार खोज अनुसन्धान छोड्न मिल्दैन । इतिहासबेत्ता, पुरातत्वबेत्ता, सास्कृतिकबेता, मानबशास्त्री, समाजशास्त्री, अर्थ राजनीतिशास्त्रीहरुले बहु आयामिक खोज अनुसन्धान गर्न बिलम्ब भइरहेको छ ।

दृष्टिकोण बारे प्रश्न

बुद्धलाई शान्तिका अग्रदूत भनिएता पनि नेपालमा किन २०० साल देखि हिंसा र हिंसात्मक आन्दोलन भयो रु किन बिभिन्न आन्दोलन, संर्घष बलिदान हुँुदै आए रु नेपालमा २०४६ को जन आन्दोलनमा सता परिर्वतनको लागि किन आहुति दिए जनताले रु नेपालमा भएको १० बर्षे शसस्त्र द्धन्द किन र कसरी भयो रु, यदि शान्तिको प्रतीक र शाँिन्त मात्र हुनेथियो भने हजारौ शहिद, घाईते भएर नेपाली सपूतहरुको रगतले पोतिएर आज सम्मको ईतिहासमा कसरी बन्दै आयो रु हिन्दू धर्मले पिसेको बुद्ध धर्मलाई चिर्न पर्छ कि पर्दैन रु यो, बुद्ध धर्म र धार्मिक समानताको लडाई किन आवश्यक परेको हो रुयस अर्थमा बुद्धमार्गिहरुले शान्तिको मात्र गाथा माला जपेर रहँदै गर्दा प्रकृतिमा द्धन्द छ यसले नै शान्ति ल्याउछ भन्ने दार्शनिक पनि जन्मायो र यसको अभ्यासहरु पनि भए । यस्ता धेरै गम्भीर र अनुत्तरित प्रश्नहरको सही उत्तर खोज्न आज बस्तुबादी सत्य र तथ्यमा आधारित तार्किक निष्र्कशमा पुग्न आधार तयार गर्ने खोज, अनुसन्धान र अध्ययन हुन आवश्यक छ। यसैले बुद्ध दार्शनिक भएकोले उनी नेपाल र नेपालीको मात्र नभएर बिश्यब्यापीकरण भए यस्तै अरु दार्शनिकहरु पनी तिनका महान बिचार र दर्शनले बिश्वसामु देखा परे । यसैले पप बुद्ध लुम्बिनीमा जन्मिएर आज सबैको साझा बन्न पुगेका छन् ।

बुद्ध महत्वपूर्ण बाणी कस्तो छ ?
गन्तब्यमा पुग्नु भन्दा बढी, ठिक यात्रा गर्नु अधिक जरुरी हुन्छ,
आफु जे सोच्द छ , मानिस त्यहि बन्दछ,
प्रत्येक बिहानीमा हामी पुनः जन्मन्छौ,
हामी के गर्छौ त्यसले महत्वपूर्ण अर्थ राख्दछ,
प्रशसन्नताका लागि कुनै मार्ग हुदैन, प्रसन्नता नै आफै मार्ग निर्माण हो,
सम्पूर्णू ज्ञान प्राप्त गर्नु भनेको सबै कुरालाई क्षमा दिनु हो।
हरेक मानब आफनो स्वास्थ्य रोग र निर्मुलको आफै सृजनाकार हो,।

थापा सामाजिक अभियान्ता एवं लेखक हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->