शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आई.एम.ई. लाईफ इन्स्योरेन्सद्धारा विमा दावी भुक्तानी

आई.एम.ई. लाईफ इन्स्योरेन्सद्धारा विमा दावी भुक्तानी


  • Dhorpatan News
  • जेष्ठ १० २०७६, शुक्रबार

बागलुङ,१० जेठ – आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लि.ले बिहीबार बागलुङमा एक कार्यक्रमका बिच विमीत परिवारलाई विमा दावि भुक्तानी गरेको छ । सिवाईसी नेपाल लघुुवित्त वित्तीय संस्था लि. बागलुङको सुन्दरबजार शाखा कार्यालयमा कार्यरत बगनासकाली गाउँपालीका वडा नं. ९ पाल्पा नीवासी स्व. माया हुन्चुङको गत माघ १८ गते भएको निधन पश्चात हुन्चुङ परिवारलाई कम्पनीले विभा दावी भुक्तानी गरेको हो ।
विमित परिवारलाई कम्पनीका ए.जि.एम. हेड आशिस सिहंद्धारारु. १ लाख ८६ हजार ७ सय ७६ बराबरको चेक हस्तान्तरण गरिएको थियो । हस्तान्तरीत चेक स्व. हुन्चुङका पति चुरावहादुर हुन्चुङले बुझ्नुभएको थियो । कार्यक्रममा आई.एम.ई. लाईफ इन्स्योरेन्स बागलुङका ऐजेन्सी म्यानेजर सीता शर्मा र जीवन काउचाले भविष्यमा हुने जोखिमहरुको न्यूनीकरणका लागि विमा आवश्यक रहेको बताएका थिए । मृत्यूदावी भुक्तानी कार्यक्रमको सञ्चालन आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी ईन्द्रा सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->