बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीमा नयाँ प्रहरी प्रमु्ख

कास्कीमा नयाँ प्रहरी प्रमु्ख


  • Dhorpatan News
  • जेष्ठ १३ २०७६, सोमबार

पोखरा, १३ जेठ –जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम राना मगरको सरुवा भएको छ । उनको ठाउँमा कास्कीमा अब दानबहादुर कार्की आउने भएका छन् । दानबहादुर प्रहरी प्रधान कार्यालयबाट पोखरा आउन लागेका हुन् । उनी प्रहरी महानिरीक्षकको निजी सचिवालयमा काम गर्थे । ओम रानाले कास्की प्रमुखको रुपमा करिब १ वर्ष १५ दिन बिताए । सुरक्षा संवेदनशील मानिने र धेरै प्रहरीको रोजाईमा पर्ने पोखरामा रहँदा उनी भाग्यमानी बने ।
उनी कास्की प्रहरी प्रमुख हुँदा नै यहाँको पुम्दीभुम्दीमा भएको श्रिया सुनारको बलात्कारीलाई २४ घण्टा भित्रै समात्न प्रहरीले सफलता पायो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको बेला कास्की प्रहरीले देखाएको सक्रियताले नेपाल प्रहरी र सरकारलाई नै जस मिल्यो । त्यसको सबैभन्दा ठूला हकदार भने राना बन्न पुगे । यद्यपी, हत्यारा पत्ता लगाउने काममा तल्लो दर्जाका प्रहरीहरुको ठूलो भूमिका थियो । प्रहरी प्रधान कार्यालयको जनसम्पर्क शाखा सम्हाल्न जान लागेका उनले जिल्ला प्रहरी कार्यालयभित्र बहुउदेश्यीय भवनको जग हाले । जिम हल बनाउने योजना पनि ल्याए । वर्तमान गृहमन्त्रीको आडभरोसा पाएको भनिएका उनी ठूलो बिवादमा परेनन् तर आन्तरिक काममा भने उनले खासै दक्षता प्रदर्शन गर्न नसकेको जुनियर प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->