बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शान्ति दर्शन महिला समुहको अध्यक्षमा गुरुङ

शान्ति दर्शन महिला समुहको अध्यक्षमा गुरुङ


  • Dhorpatan News
  • जेष्ठ १३ २०७६, सोमबार

पोखरा, १३ जेठ – पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थित शान्ति दर्शन महिला समुहको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनले आगामी ३ बर्षको लागि जगन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा टिका पोख्रेल, सचिवमा इरा भण्डारी, सहसचिवमा जमुना पौडेल, कोषाध्यक्षमा धनकुमारी क्षेत्री, सहकोषाध्यक्षमा दुर्गा न्यौपाने र सदस्यमा लक्ष्मी मुल्मी, हिराकुमारी पोख्रेल, विष्णु शाही, लक्ष्मी गुरुङ, सीता विक, गंगा गुरुङ, देउमाया क्षेत्री, लोकमाया पोख्रेल, पवित्रा ढुंगाना, शोभा जिसी र दुर्गा गुरुङ चयन भएका छन् ।साथै पार्वती क्षेत्री सल्लाहकार तथा साँस्कृतिक उपसमिति संयोजकमा र सल्लाहकारहरुमा संस्थापक अध्यक्ष दिलमाया गुरुङ र राममाया जिसी चयन भएका छन् ।
कार्यक्रममा प्रा.डा. दिल बहादुर क्षेत्री, शिक्षा विद् गणेशबहादुर गुरुङ, शान्ति दर्शन टोल बिकास समितिका संस्थापक अध्यक्ष शंकर गुरुङ, सल्लाहकार लीलामणि सिग्देल, तुल्सीघाट अस्थायी प्रहरी विटका इन्चार्ज हवल्दार कमल श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गरिएको थियो । साथै संस्थाका हरेक गतिविधिहरुमा सक्रिय रही काम गर्ने रजनी जलारी, धनकुमारी क्षेत्री र मीरा खत्रीलाई कदरपत्र द्धारा सम्मान गरिएको कार्यक्रम संयोजक शितल गुरुङले बताइन् ।कार्यक्रममा टोलका नयाँ सदस्य रामकुमार श्रेष्ठले महिला समुहलाई १० हजार ५ सय आर्थिक सहयोग गरेका थिए ।समुहकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जगन गुरुङले स्वागत र सचिव टिकादेवी पोख्रेलले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->