बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पिसजोनमा मल्टिमिडियाबाट पढाई

पिसजोनमा मल्टिमिडियाबाट पढाई


  • Dhorpatan News
  • जेष्ठ १३ २०७६, सोमबार

पोखरा, १३ जेठ – पोखरा– ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ । प्रोजेक्टरको सहायताले कक्षागत र विषयगत रूपमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि क्रमशः पठनपाठन गराइने विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए । शैक्षिक वर्ष २०७५ बाटै कक्षा ८, ९ र १० मा मल्टिमिडिया प्रोजेक्टरद्वारा शिक्षण सिकाई प्रारम्भ गरिएकामा यस शैक्षिकवर्षदेखि पर्याप्त शैक्षिक सामग्री तयार पारेर विषयगत रूपमा श्रव्यदृश्य सामग्रीको सहायताबाट पठनपाठनलाई अघि बढाइएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->