शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रवीन्द्र अधिकारी प्रतिष्ठान स्मृतिको घोषणा तयारी

रवीन्द्र अधिकारी प्रतिष्ठान स्मृतिको घोषणा तयारी


  • Dhorpatan News
  • जेष्ठ १६ २०७६, बिहिबार

पोखरा,१६ जेठ – रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष तथा रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदरगर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन् । राज्यलाई अनुसनधानात्मक काममा सहयोगको गर्ने, स्रोत संशाधनको विकास गरी सीप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान लागिरहने उनले बताइन् । प्रतिष्ठान गैर नाफामुलक संस्था रहने उनले बताइन् । प्रतिष्ठानमा ३ किसिमका सदस्यता रहने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ । जसमा ३ हजार ५ सय रुपैयाँ स्वेच्छिक रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने पनि आचार्यले बताए । प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अन्य प्रतिष्ठान भन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->